प्रसंशकलाई पिडा नहोस भनेर शव नेपाल नलैजान भनेका थिए श्रीकृष्णले
गएराती भारत नयाँ दिल्लीको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएका नायक श्रीकृष्णले श्रेष्ठले आफ्नो शव नेपाल नलैजान दाजू मिनकृष्णसँग अनुरोध गरेको बुझिएको छ । आफ्नो जीवनको अन्तिम समयमा प्रसंशकहरुलाई पीडा हुन्छ भनेर श्रीकृष्णले आफ्नो शव नेपाल नलैजान भनेको बताईएको छ ।
श्रेष्ठको शव नेपाल ल्याउने तयारी भइरहेको छ । उनी राष्ट्रका गहना भएकाले उनको शवलाई सरकारी सम्मानसाथ नेपाल ल्याउने तयारी भइरहेको बताईएको छ । अहिले दिल्लीस्थित नेपाली दुतावासका कार्यवाहक प्रमुखसहित अन्य पदाधिकारी एपोलो अस्पतालमा छन् ।
शवलाई नेपाल ल्याउन काठमाडौंबाट उनका दाजूसहित तीन जना आफन्त बिहान दिल्ली गएका छन् । दिल्लीमा श्रेष्ठ पत्नी श्वेता र दाजू मिन छन् ।

0 comments
Write Down Your Responses