जाउलोको मूल्य १२ लाख देखाईएपछी जनसम्पर्क समिती क्यालिफोर्नियामा भुईचालो गयो । हेर्नुहोस् के के भएछ ।

 ( मुद्धा अब राजश्वमा जाने तयारीमा ) 

स्मृती खनाल, क्यालिफोर्निया २८  जुलाई, २०१५ 

नेपाली जनसम्पर्क समिती अमेरिकाको नर्दन क्यालिफोर्निया च्याप्टरका निवर्तमान कार्यसमितिको तर्फबाट गत १९ मार्च २०१५ मा भएको अधिवेशनले नयाँ कार्य समिती चयन गरेको कुरा सबैमा जगजाहेर नै छ ।
जनसम्पर्क समिती अमेरिकाकै इतिहासमै सबैभन्दा धेरै सदस्यता बनाएको भनिएको सो अधिबेशनका बेला खुवाईएको ‘जाउलो’ ( सादा दाल भात तरकारी ) को  मुल्य १२ हजार अमेरिकी डलर भन्दा बढी  पेश गरिएको छ । दाल, भात, साग अनी हरियो खुर्सानीको मूल्य यति धेरै कसरी भुक्तानी गरियो त ?  कुरा यतिमा मात्रै सिमित रहेन । चुनाव खर्च  भनेर ८ हजार डलर, त्यस्तै, कागजको १० वोटा खाली बाकस (सरदर मुल्य १ डलर) केशी स्टेशनरी र औलामा लगाउने छाप गरी अर्को ८ हजार डलर, थापा स्टेशनरी भनेर अर्को एक हजार डलर भन्दा बढी भन्दा बढी खर्च देखाईएको छ ।
स्मरणीय कुरा त के छ भने छ भने यो सबै खर्च पुरानो कार्यसमितिमा छलफल नै नगरी एकलौटी रुपमा पूर्व अध्यक्ष र हालका बर्तमान अध्यक्षले पेश गरेका हुन । जुन खाना बर्तमान कार्यसमितीका अध्यक्षको रेस्टुरेन्ट बाट खुवाइएको हो। सो अधिबेशनको जम्मा खर्च २२ हजार डलर भन्दा धेरै देखाइएको छ । वास्तवमै यो खर्च बढीमा ८ हजार डलरको हाराहारी वा सो भन्दा कम भएको अनुमान सो  कार्यक्रममा उपस्थित भएकाहरुको छ । यसरी गरिएको खर्चमा ८ देखि १० दिनसम्म न्युयोर्कदेखि आएर बसेका बेद खरेल, अध्यक्ष आनन्द बिष्टसमेटतको आते–जाते, खाते–पिते देखी गोल्डेनगेट घुम्दाको पार्किङ्ग टिकेट समेत जोडिएको छ भनेर दाबी गरिएको छ,  तर अचम्मको कुरा के भने सोही कार्यक्रममा न्युयोर्कदेख  आएका जनसम्पर्क समितिकै महासचिव मुनिन्द्रा नेम्बाङले भने आफै खर्च गरेका थिए । जनसंपर्क समिती मात्र होइन कुनै पनि संस्थाको पनि यस्ता  कार्यक्रममा जाँदा लाग्ने सम्पूर्ण खर्च पदाधिकारी स्वयमले बेहोर्नु पर्दछ ।  वजारमा गाईगुई हल्ला    के छ भने सो खर्चमा अन्दाधुन्द रुपमा बनाइएको  ज्ञात अज्ञात सदस्यहरुको सदस्यता शुल्क र निबर्तमान अध्यक्ष चन्द्र धितालको घरअंश गरिएको दाररुपानी समेतको खर्च जोडिएको छ भनिन्छ । 

हुन त बर्तमान अध्यक्ष पूर्ण शेर्पालीले सम्पूर्ण सदस्यताको लागि एउटै १७ हजार  डलरको चेक पनि काटेका थिए भन्ने पनि सुनिन्छ । तरपनि चन्द्र भट्ट दाहाल, बिनोद दाहाल, दुर्गा भट्टलगायतले एकातिर सदस्यता शुल्क उठाउने अनि अर्कोतिर सो खर्च पूर्ण शेर्पा सँग लिने गरी दोहोरो खर्च पनि जम्मा गरेको गाईँगुँई हल्ला  नसुनिएको होईन  । यसैबिच केही सदस्यहरुले च्याप्टर बिरुद्ध आइआरएस (आन्तरिक रिभेन्यू)मा रिपोर्टिङ गर्न लागेको कुरा यतिबेला भाईरल बनेको छ । अमेरिकी कानुन अनुसार कुनै पनि सार्वजनिक रकम एक पेन्नी भए पनि बेरुजु या भ्रस्टाचार  भएको ठहरेमा मान्छेको मृत्युपछि पनि मुद्दा लाग्दछ । यतिले मात्रै यो काण्ड कहाँ सकिन्छ र ? उमेद्वार दरखास्त हाल्दा ३७ जनाले दरखास्त हालेको थियो भने सभापति को ७ हजार डलर उठेको थियो  । यो बाहेक निबर्तमान पदाधिकारीहरुबाट उठाइएको रकम कुनै हिसाबमै देखाइएको छैन । खाना (११ हजार  ५०० सय डलर (रेस्टुरेन्ट मालिक र अध्यक्ष प्रत्यासी एकै व्यक्ति) कार्यसमितिले कसैसँग पनि सल्लाह नै नगरी अर्डर गरेको थियो । सादा (साकाहारी) खाना चुनाबको दिन दिउसो १२ देखि ३ बजेसम्म खुवाईएको थियो । चुनाबमा जम्मा लगभग १३०० मत खसेको, त्यसमा पनि सबै भन्दा बढी १२ अगाडी र ४ पछाडी खसेको थियो । तर पछि खाना अन्दाजी ५०० भन्दा बढी व्यक्तिले खाएको छैन।  रातिको खाना लगभग २०० देखि ३०० को हाराहारीमा खाएको देखिन्छ  भने पछि बढीमा ८०० जनाले खाएका छन् ।  सादा र साकाहारी खाना त्यो एरियामा  ६ देखि ७ डलर प्रति व्यक्तिका दरले खुवाईन्छ । भने पछि ८०० जनाले ७ डलरका दरले खादा पनि ५ हजार ६ सय डलर मात्रै पर्ने देखिन्छ । तर पछि ११ हजार ५ सय डलरको विल कसरी आयो, कसको मिलेमतोमा यतिधेरै विल आयो ? क–कसको मिलेमतोमा बिल भुक्तानी भयो ? सो कार्यक्रममा सहभागी भएका वा सो कार्यक्रमलाई नजिकबाट नियाल्नेहरुले यतिबेला आश्चयले जिब्रो टोकेका छन् ।
 बेद खरेल, बैकुण्ठ मानन्धर, आनन्द बिस्ट, धर्म श्रेष्ठ लगायतका नेताहरु करिब एक साता अगाडिदेखि आएर क्यालिफोर्नियामा  बसेको र उनीहरुले खाएका जाँड रक्सी, सितन, भुटन आदिको बिल समेत यसमै समावेश गरिएको बताईन्छ ।
 यस्तै आनन्द बिस्टको टिकट खर्च १ हजार २ सय ६ डलर (न्युयोर्क देखि क्यालिफोनियासम्म ) देखाइएको छ । तर न्यूयोर्कदेखि क्यालिफोर्निया सम्मको टिकट दर बढीमा ५०० पर्छ । कतिपयको टिकट संस्थाले काटेका छन् । अझ नियमकै कुरा गर्ने हो भने के छ भने कुनैपनि संस्थाको कार्यक्रममा आउँदा जाँदा अध्यक्ष लगायत जो सुकैले पनि आउने जाने खर्च स्वयम् आफै बेहोर्नु पर्ने नियम छ । यतिबेला अमेरिकाबासी जनसम्पर्क समिति आबद्धहरुको प्रश्न के छ भने अध्यक्ष आनन्द बिष्टले यस्तो भ्रस्टाचार किन गरेको ? पदको दुरुपयोग गरी निर्वाचन कमिटीका लागि भनेर खरिद गरिएको भनिएको ( चुनाब खर्च ८००० डलर, २००० जनाको मत पेटिका, १० वटा खाली कार्टून, १५ देखि २०वटा पेन, औलामा लाउने छाप र अन्य केहि स्टेसनरी बापत ८००० डलर कसरी लाग्छ त्यो लगायत अन्य स्टेसनरी भनेर फेरी १ हजार १ सय ११ डलरको बिल कहाँबाट कसरी आयो ? त्यसमा पछि उक्त समितिले प्रिन्टर र पेपर जनसम्पर्कको नै पैसा ले किनेर व्यालेट पेपर प्रिन्ट गरेको थियो भने उक्त कमिटीले कसरी ८ हजार डलर खर्च देखायो यो अनौठो कुरा भएको छ । अझै अर्को नखुलेको विषय  सोही समूहले भर्खरै अमेरिका आएका गुगल ब्वाई आदित्य दाहालको नाममा पनि रकम उठाएर ठगी गर्न खोजेको आरोप समेत वाहिर आएको कुरा निकट श्रोतले जनाएको छ । 

0 comments

Write Down Your Responses