सिम्रिक एअर यसरी भयो दुर्घटना - ठुलो भाग्यले वाचे सवार यात्रुहरू -हेर्नुहोस्


गोरखा–तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाकाको सामागाउँ गाविस– ७ को साम्दोमा सिमि्रक एयरको हेलिकप्टर 'टेकअप' गर्ने बेला आगो लागेर दुर्घटना भएको छ। (नाईन एन एकेएफ) हेलिकप्टरको पछाडी रहेको पंखामा चरा ठोक्किएपछि आगो लागेको थियो।

आगलागी पछि पाइलटको नियन्त्रण बाहिर गएपछि हेलिकप्टरमा रहेका यात्रु चार र एक पाईलट हतार हतार झरेका थिए। हेलिकप्टरमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद आचार्य, क्याप्टेन सुरेन्द्र पौडेलसहित अन्तराष्ट्रिय मेडिकल क्रस्ट –आइएमसी) का तीन जना कर्मचारी रहेका थिए।आइएमसीले उक्त गाविसमा स्वास्थ्य र सरसफाई संम्बन्धी कार्यक्रम गर्दै आएको छ। केही समाग्रीसहित काठमाडाैंबाट उडेको हेलिकप्टर गोरखामा ल्याण्ड भएर खानेपानी कार्यालयका प्रमुखलाई लिएर करिब सवा दश बजेतिर सामागाउँका लागि उँडेको थियो।




उडेको ४० मिनेटपछि हेलिकप्टर दुर्घटना भएको हो । साम्दोबाट सामागाउँ फर्कन लाग्दा हेलिकप्टर जलेको सवार यात्रु खानेपानी डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद आचार्यले बताए। 'टेकअप गर्ने बेला एक्कासी धुवाँ निस्कन थाल्यो, पछाडीबाट अनब्यालेन्स भयो, हामी हतार हतार झर्‍यौँ, पाईलटको खुट्टामा समान्य चोट छ, अरु कसैलाई केही भएन,' आचार्यले भने। हेलिकप्टर पूर्ण रुपमा जलेको छ।पाइलट र यात्रुलाई मनाङ यएरको हेलिकप्टर पुगेर उद्धार गरेको हो। खानेपानी कार्यालयका प्रमुख आचार्य सदरमुकाम झरेका छन् भने पाइलटसहित अन्य चार जनलाई काठमाडौं लगिएको छ। साम्दो गोरखाबाट ५२ कोष दुरीमा पर्छ। सदरमुकामबाट पैदल हिँडेर एक सातापछि मात्रै त्यहाँ पुग्न सकिन्छ। भूकम्पपछि माथिल्लो दुर्गम सात गाविसमा आइएमसीले सवास्थ्य र सरसफाई संम्बन्धी कार्यक्रम गर्ने जिम्मा लिएको छ। सोही क्रममा अनुगमन गर्न र केही समाग्री पुर्याउन टोली त्यहाँ पुगेको हो।

 सबै तस्वीर साैजन्य: नारायण अाचार्य - नागरिक न्यूजवाट साभार गरिएको

0 comments

Write Down Your Responses