प्रहरीको लाटीचार्जमा प्रचण्ड कसरी घेरिए ,जनार्दन शर्माको टाउको फुट्यो । भिडियो हेर्नुहोस्
देश फेरी तहसनहस अवस्थामा पुगेको छ । काठमाडौंको विजुली बजारमा बन्दकर्ता विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच डरलाग्दो झडप भएको छ । एकीकृत माओवादी र मधेशवादी दलका मुख्य नेता एवं विपक्षी सभाषद पुगे लगत्तै विजुली बजारमा प्रहरीले धावा बोलेको हो । प्रहरीले लाठी चार्ज गर्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन् भने सभाषद जनार्दन शर्माको टाउको फुटेको छ ।
अहिले प्रदर्शनकारी र प्रहरीबीच झडप भैरहेको छ भने कार्यक्रमलाई डा बाबुराम भट्टराईले सम्बोधन गर्दैछन् । अन्य नेताहरुको अवस्थाबारे विवरण आउन बाँकि छ ।
0 comments
Write Down Your Responses