निर्वस्त्र वस्ने गाँउको अनौठो कथा

एजेन्सी ।
 सुन्दा अनौठो लाग्छ,  गाउका सवैजना नाङ्गै वस्छन् भन्दा  त्यसमा पनि वेलायत जस्तो विसकित मुलुकमा ।  दुनियाँमा यस्ता धेरै ठाउँ छन् जुन भेषभुषा र संस्कृतिका लागि चिनिन्छन् । तर बेलायतमा यस्तो गाउँ पनि छ जुन गाउँका मानिस भेष भुषा नभएर नग्नताका लागि चिनिन्छन् ।




डेली मेलका अनुसार बेलायतको हर्टफोर्डशयरको ब्रिकेटवुडमा रहेको एक सुदुर गाउँमा सबै मानिस निर्वस्त्र बस्छन् । स्पीलप्लाट्ज नामको यो गाउँमा विगत ८५ वर्ष देखि मानिसहरु नाङ्गै बस्दै आएका छन् ।
यहाँ स्त्री वा पुरुष सबै निर्वस्त्र बस्छन् । यो गाउँको विषयमा अव एउटा वृत्त चित्र पनि तयार हुँदैछ । जसको नाम छ 'द न्यूडिस्ट नेक्‍स्ट डोर'
यहाँको वास्तविकता सन् १९२९ मा शोधकर्ता इसुल्ट रिचर्डसनले बाहिर ल्याएका थिए । यहाँका मानिसहरुले आफूहरु प्रकृतिको सबै भन्दा नजिक रहेको दावी गर्छन् ।

0 comments

Write Down Your Responses