रामप्रसादले इजरायलवासी दिदिवहिनीहरूमाथी धावा वोले , पत्रकार भण्डारीले दिईन् मुखभरीको जवाफ - हेर्नुहोस्


 शुभद्रा भण्डारी , इजरायल
लेखक, पत्रकार या साहित्यकार जो कसैलाई पनि आफूले अभिव्यक्त गरेका भावनाहरुवाट सामाजिक विखलन ल्याउने खालका, कसैको आत्मसम्मानमा चोट पुर्याउने शैलिका  आलेखहरु लेख्ने छुट  हुदैन । शव्द-शव्दमा  अर्थ खोज्नु जरूरी हुन्छ, कुनै शव्दलेअरूलाई पिडा हुन्छ की भनेर राम प्रसाद ढुंगेल द्वारा द नेपाली भ्वाईस डट कमअनलाईन पत्रिकामा प्रकाशित कथाकी पात्र’’ नामक आलेखवाट तमाम इजरायलवासी नेपाली नारीहरूमाथि आघात पुगेको छ ।
लेखक  महोदय, तपाई पनि पत्रकार नै पर्नुभएछ, तपाईले  उक्त आलेखमा  इजरायलमा रहेकी कथाकी  महिला पात्रलाई  असहज प्रश्न सोधेर नेपाली नारी अस्मितामाथि  निलो आकाशमा  तुवालो फैलाए झै,   अव तपाईमाथि  पनि इजरायलवासी नेपालीहरूको प्रश्न तेर्सिएको छ वन्द कोठामा वसेर गरिएका नितान्त निजी कुराहरूलाई लिएर  तमाम इजरायलवासी नेपाली नारीहरूको इज्जतमा धज्जी उडाउन खोजिएको उक्त आलेखवाट  रूष्ट भएका छन्  इजरायलवासी नेपाली आमाहरू ।  उक्त  लेखको पहिलो  लाईनमा नै  नेपाली आमाहरूलाई अपमान गरिएको छ ।  नेपाली आमाहरू जती हिम्मतवाला र साहसी आमाहरू सायद अन्य मुलुकमा कमै होलान् भन्दा अतिशयूक्ती नहोला । आलेखको  पहिलो लाईनमै  नानीहरूको मातृत्व र इजरायलको भूत जस्ता  शव्दहरूले  लेखकप्रति नै  प्रश्नवाचक चिन्ह्र तेर्सिएको छ ?   न कहिल्यै आमा हुन सक्नेन कहिल्यै आमाको महशुस गर्न सक्ने पुरूष मित्रको यस लेखाईप्रति तमाम आमाहरूको प्रतिप्रश्न रहनु स्वभाविक हो, तसर्थ   तमाम इजरायलवासी नारीहरूको  उक्त आलेखप्रति घोर आपत्ती रहेको छ ।
देशको राजनितिकसामाजिक र आर्थिक परिस्थितीको कारण दिनानुदिन नेपाली युवाशक्ति वैदेशिक रोजगारीमा होमिएको कुरालाई नकार्न सकिदैन । पछिल्लो समयमा  पुरूषहरू  झै नेपाली महिलाहरू पनि वैदेशिक रोजगारीमा होमिएका छन्, अझ भन्नु पर्दा नेपालको सामाजिक परिवेशमा सिंचित भएर रहेको महिला जनशक्ति आर्थिकोपार्जनका निमित्त वैदेशिक रोजगारी सुनौलो अवसर पनि वन्दै गइरहेको छ । पुरूषप्रधान हाम्रो समाजको परम्परागत कुरिती र कुसंस्कारलाई चिर्दै  नेपाली नारीहरू पनि पुरूष सरह आफ्नो  हक-अधिकार सुनिश्चित गर्दैछन् । नेपाली नारीहरू  इजरायल मात्र होईन  आफ्नो घर परिवार र लालावालाको सुन्दर  भविश्य निर्माणको  निम्ती भौतारिदै संसारको कुनाकुनामा छरिएका छन् ।
लेखक महोदय, तपाई अवश्यपनि प्रवासमै हुनुहुन्छ होला भन्ने अनुमान गर्दै सर्वप्रथम तपाईलाई नै प्रश्न  गर्न मन लाग्यो । सर्वप्रथम  तपाई आफु  किन प्रवासिनु भयो ? अनी प्रवासी जीवनसंगै तपाईको पारिवारिक जिम्मेवारी, विश्वास र मायाप्रेम नै धमिलो भएको हो त ?
लेखक महोदयतपाईको नजर इजरायलमाथि मात्र किन पर्यो के नेपाली नारीहरू अन्य देशका कुनाकुनामा पुगेका छैनन्  जापान, अमेरिकाक्यानडा, अष्ट्रेलिया  लगायत खाँडीमुलुकमा रहेका नेपाली महिलाहरूमाथि तपाईको नजर  किन परेन खाँडी मुलुकमा नेपाली दिदिवहिनीहरू दिनानुदिन मानसिक र शारिरिक यातनाका शिकार भइरहेका छन् । वम्वैको कोठीमा अझै पनि लाखौ नेपाली नारीहरू नारकिय जीवन व्यतित गर्न वाध्य छन् । यूरोप अमेरिकामा मंहगीको मारमा होस् या अन्य कारण लिभिङ टुगेदरमा हुनेहरू प्रशस्तै छन् अनि इजरायलमा भन्दा  खाँडी मुलुक, यूरोप, अमेरिका लगायतका देशहरूमा चौगुणा वढी छन् नेपाली चेलीहरू ।  हो धेरैका नानीहरू मातृत्ववाट खोसिएका छन्, होस्टलमा कैद भएका छन्, घऱवार उजाडिएको छ यसको मतलव यो होईन की आमाको मातृत्व नै टुङ्गिएको छ, आमाको  हृदय नै चट्टानसरी वनेको छ ?   कुन आमालाई आफ्नो सन्तानको भविष्यको चिन्ता नहोला ?   ‘इजरायलको भूत चढेपछीभन्ने तपाईको शव्दले  तमाम  इजरायलवासी नेपाली आमाहरूको   आत्मविश्वासमा ठेस पुगेको छ । के इजरायल आउन चाहने हरेक नेपाली आमाहरु रहरले यहाँ आइपुगेका हुन् त ? के ति आमाहरु आफ्नो मुठ्ठीभरको रहरका खातिर आफ्नो मुटुको टुक्राजस्ता सन्तानलाई अलग्गाएका होलान त ? अनि मंहगा  होस्टलहरुमा रहेका नानीहरू इजरायलमा रहेका आमाहरूका मात्र होलान् त श्रीमान विदेशिदा श्रीमतीहरू घरपरिवार वालवच्चा संम्हालेर  वर्षौ कुरेर  वसेका हुन्छन् भने श्रीमती विदेसिदा श्रीमानले छोराछोरी संहाल्न नसक्नु के पुरूषहरूप्रतिको लाचारीपन भएन अनी प्रायजसोको वच्चाहरू घर परिवारले नै हेरचाह गरेका हुन्छन् । के नेपालमा हुने अभिभावकहरू  लगायत अन्य देशमा हुनेहरूले  होस्टेलमा वच्चा राखेका छैनन्  ? जवाफ छ ? यदि तपाई इमान्दार लेखक  हुनुहुन्छ भने यसको जवाफ अवश्य दिनुहुनेछ ।
अव कुरा रह्यो इजरायल कस्तो मुलुक हो भन्ने विषयको, महिलालाई प्रधानता दिइएको इजरायल महिलाहरूको लागि विश्वमै उत्तम गन्तव्य हो भन्दा कुनै गलत हुदैन ।  इजरायलमा रहेका हर  विदेशी कामदारहरूको आफ्नो हक अधिकार सुनिश्चित छ भने  व्यक्तिगत रूपमा पनि स्वतन्त्र छन् । इजरायलको रोजगारीले विदेशी महिलाहरूमा आत्मवल , आत्मविश्वास र साहस वढाएको छ ।  स्वदेशमा हुने गरेका महिला हिंसा, लैगिंक विभेद जस्ता असमान व्यावहारलाई व्यावहारिक रूपमा चिर्न सफल भएका छन् इजरायलको रोजगारीमा आउने महिलाहरू । हरेक क्षेत्रमा फक्रेका छन्  इजरायलवासी नेपालीहरू । समष्टिगत रुपमा भन्नुपर्दा इजरायल पत्रकार, साहित्यकार तथा  कलाकारहरूको उर्वर भूमी बनेको छ ।  तपाँईजस्ता वुद्दिजिवीहरु यी कुराहरू  स्वीकार्न किन हिच्किचाउनुहुन्छ ? इजरायलको वारेमा केही बोल्दा नकारात्मक सोच भएकाहरुको दिमागमा घरभित्रको ट्वाइलेट मात्र किन देखिन्छ  ?, त्यही घरभित्रको लाइव्रेरी अनि पवित्र  पुजा कोठालाई किन देख्नुहुन्न ? लाइव्रेरी अनि पुजा कोठाको वारेमा किन वर्णन गरेको सुनिदैन ?
नेपाल सरकारले खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुलाई श्रम इजाजत नदिइराख्दा इजरायलको वन्द रोजगारी कुनै पनि अवस्थामा खुल्ला गर्न हदैसम्मको पहल जारी राखेको छ आखिर किन त ? यदि इजरायलको रोजगारी असुरक्षित हुन्थ्यो भने सरकारले किन इजरायलमा नेपाली महिला कामदारहरु पठाउन यति धेरै पहल गरेको छ त ? महिलाहरूको हकमा खाडी मुलुकहरुमात्र होइन युरोप अमेरिका लगायत अन्य विकशित मुलुकहरुको तुलनामा सुरक्षित गन्तव्य इजरायलको रोजगारीलाई  यसरी धमिल्याउने अधिकार जो कसैलाई पनि  रहदैन । इजरायल महिलाहरूको हकमा  सुरक्षित गन्तव्य मात्र होईन राम्रो कमाई हुने विकसित राष्ट्र पनि हो । नेपाली समाजमा सिंचित महिला जनशक्तिले यस्तो मुलुकमा आर्थिकोपार्जन गर्ने अवसर प्राप्त गरेका छन्, यो मुलुकको आर्थिक उन्नतीको निम्ती अत्यन्तै सकारात्मक पक्ष हो । यस्तो अवस्थामा यसरी प्रवासीएका नेपाली नारीहरूको विषयमा तथानाम भ्रमको विज छरिदिएपछि आम नेपाली अभिभावकहरूले के सोच्लान्  त ? आगामी दिनमा इजरायल आउऩ चाहनेहरूलाई कुन विश्वासले  इजरायल पठाउलान् त उनीहरु ? एकातिक यसतर्फ गम्भिर भएर सोच्न वाध्य वनाएको   छ भने अर्को तर्फ यी यस्ता पत्रकारको मुखुन्डोधारीहरु नेपाली महिलाहरुलाई फेरीपनि चुलोचौकामै सिमित राख्न क्रियाशिल छन् भन्ने कुरालाई प्रस्ट्याएको छ ।
कुरा रह्यो इजरालवासी आमाहरुको चरित्रको, लेखक महोदय, अझैपनि दोष नारीहरूमाथि थोपरेर आफु चोखिन खोज्नु कहांसम्म न्यायसंगत होला ? एक पटक गहिरिएर सोच्नुस् त ? तिनै पुरूषहरूको कारण महिलाहरू गलत वाटो रोज्न वाध्य भएका छन् ।  एउटी महिलालाई रण्डी, वेश्या जस्ता उपनाम दिईन्छ  तर ती महिला कसको कारण रण्डी या  वेश्या भएकी छे ?   निर्विवाद भन्न सकिन्छ त्यो हो पुरूष ?
इजरायल दिउँसो सुत्छ सायद, रातभर अनलाइनमा भेटिन्छन् मेरी र डलीहरू”  तपाईको यो लाईन आफैमा अपुरो र तपाईसंगै प्रश्न सोधिरहेको छ ? के तपाई राती सुत्नुभयो ?   तपाईको लेखको आशय के हो ? इजरायलमा हुने सम्पुर्ण नेपाली चेलीहरूलाई मेरी र डलीहरू को उपनाम दिएर एकपटक नेपाली सभ्यता अनी परम्परा र संस्कारको उपहास त गर्नुभएन ?   के हाम्रो संस्कार संस्कृतीले चेलीहरूलाई दिने इज्जत र सत्कार यसैगरी सिकाएको हो त  के  कथामा तपाईवाट सोधिएका असहज प्रश्नलाई नियाल्दै  समाजले  तपाईलाई  असल पुरूषको संज्ञा दिन सक्ला  ? त्यसैले  इजरायल मात्र रातभर जाग्दो रहेनछ कतार पनि अनिदै ड्यूटी गर्दोरहेछ भन्ने कुरा नभुलिदिए लेख सान्दर्भिक वन्न सक्थ्यो होला ।
यहाँ लेखकको  भनाईलाई मान्ने हो भने   हिजोआज फेसवुक  इजरायलमा रहेका नारीहरूले मात्र चलाउने रहेछन् क्यारे ?    कुरो वुझ्नै गार्हो भयो । खाडी मुलुकमा रहेका नेपालीहरू  दिन-रात सकिनसकी ड्यूटी गर्छन् । परिश्रम गर्दा गर्दा भ्याईभ्याई हुन्छ ।  यूरोप अमेरिकामा पनि काम नगरी कहाँ पैसा फल्छ र नेपालमा लोडसेडिङको मार वढेको वढ्यै छ । इजरायल हो जहाँ रहेका  विदेशी कामदारहरू यो सुविधा निर्धक्क प्रयोग गर्न पाउछन्, दिनरात  अनलाईनमा वस्न भ्याउछन्   अनी फेसवुकमा  फोटो अपलोड, स्ट्याटस अपडेट   गरे भनेर ईष्या  मात्र गरेर  के गर्नु ? होईन त ?
लेखक महोदय, कतारका तपाईका मित्रले इजरायललाई नयाँ ससुराली भनेको कुरा लेख्नुभयो उसो त कतारमा रहेका केटाहरूलाई इलरायवासी नेपालीहरूले के भन्छन् , एक त त्यो कुरा म यहाँ लेख्न असमर्थ छु । दोस्रो त्यस किसिमका कुराहरु लेखेर खाडी मुलुकहरुमा काम गर्ने लाखौं नेपाली दाजुभाईहरुको अपमान गर्न चाहान्न् । प्रसंग इन्टरनेटकै, भिडियो च्याट अनी व्ल्याकमेलिङ महिला पुरूष दुवैवाट भएका छन्  ।  इजरायलमा रहेका नारीहरू भनेर संवोधन गर्ने मित्रलाई मेरो च्यालेन्ज  हिम्मत छ भने  आउनुहोस् म संग रातभर च्याट गर्नुहोस् । अनी  फेरी लेख्नुहोस् इजरायलमा भएका मेरी र डल्लीहरु”......???
लेखक महोदय, तपाईले लेख्नुभएको अर्को  एक लाईन लामो च्याटले तन र मनको तिर्खा जो जागेको थियो।  जो पुरूष पात्र पहिलो पटक एक अपरिचित महिलासंग अनलाईनमा च्याट गर्दैछ उसलाई  तन र मनको तिर्खा जाग्यो ? कस्तो भद्रभलाद्मी पुरूष तपाईअनी लाजै नमानी सार्वजनिक रूपमा नारीहरूमाथि इज्जत  गरेको कुरा खुलेर लेखिदिने ? यसले तपाईको मात्र होइन तपाईको कुलिन संस्कारलाई पनि प्रतिविम्वित गरेको छ ।
इजरायलमा त नेपाली केटाहरूलाई त मोज छ रे नि ? महिना महिना दिनमा गर्लफ्रेन्ड फेरिन्छ भन्छन् त ? कि मैले गलत समाचार सुनें ?” यी हरफहरूवाट  तपाईले   इजरायलमा  रहेका महिलाहरूलाई मात्र होईन पुरूषहरूलाई पनि धमिल्याउनु भयो । सवै पुरूष र सवै महिला उस्तै चरित्रका  हुदैनन् भन्ने ध्रुव सत्यमाथि पनि धव्वा लगाईएको छ । यहाँ दाजुभाई, दिदिवहिनी, काका, मामा जस्ता पवित्र सम्वन्धहरूको पनि चरित्रहत्या  गरिएको छ । आज प्रत्येक दिनजसो नेपालमा हुने गरेका यौन व्यावसाय, यौन शोषण र विभिन्न प्रलोभनमा हुने गरेका यौन विकृतीहरू समाचारका हेडलाईन वनिरहेका छन् । कलिला किशोरीहरूदेखि अर्धवैसेसम्म  पेट पाल्नकै निम्ती होस् या छोराछोरी पाल्नकै लागि  देह व्यापारमा लागेका छन् । खुलेआम जवानीको मोलमोलाई भईरहेको छ ।  गरिवीभित्रको आत्मविश्वास खोसिएको छ , ठुलावढाको हुकुमी साशनको अझै पनि  अन्त्य भएको छैन । किन तपाई कलम चलाउनुहुन्न ती निमुखा , निर्दोष र विवशतामा जेलिएका नारी मनहरूको लागि ?
अन्त्यमा लेखक महोदय, दोषारोपण नारीहरूमाथी मात्र थुपार्न छोडेर यसको भागिदार पुरूष पनि  रहेको छ भन्ने कुरा नविर्सिदिए  लेखकको कलमको प्रतिकार गर्नुपर्दैन थियो । इजरायलका रहेका नारीहरूले आफ्नो मात्र नभई  सामाजिक जीवनस्तरलाई कतिसम्म माथि उठाउन सहयोग पुर्याएका छन्, जसले समाज र राष्ट्रलाई कतिसम्म फाईदा पुर्याएको छ भन्ने सकारात्मक  पक्षहरूलाई ओझेलमा पारिनु हुदैन ।  सवैमा सकारात्मक सोच अनी  प्रवासको वसाईसंगै आफ्नो  जिम्मेवारी, कर्तव्य र विश्वासमा कसैले पनि  तुषारापात नगरिदिए, सवैको आदर, सत्कार र  सम्मान  गर्न सकेमात्र समतामूलक समावेशी सामाजिक संरचनाको निर्माण हुन सक्छ ।
 ए1 खवर डट कमवाट 

द नेपाली भ्वाइस डट कम भन्ने अनलाइनमा छापिएको "कथाकी पात्र'  नामक राम प्रसाद ढुंगेलद्वारा लिखित आलेख  जस्ताको तस्तै

राम प्रसाद ढुंगेल
इजरायलको सपना देख्न थालेपछि धेरै कुरामा आँखा चिम्लिदिन्छन् नेपाली आमाहरू । छोराछोरी रातारात होस्टलमा कैद हुन पुग्छन् आमाको भिसा लागेपछि । नानीहरूको मातृत्व खोसिन्छ । निरस बन्छ बाल्यकाल बच्चाहरूको । होस्टलमा बसेका अधिकांश बालबालिका पारिवारिकभन्दा बढी यान्त्रिक हुन्छन् भविष्यमा । यस्तो कुरामा टेन्सन लिँदैनन् नेपाली आमाहरू इजरायलको भूत चढेपछि । बरु श्रीमान् बाहिर पल्केर घरबार बिग्रेला कि ? भनी हरदम सताउँछ इजरायललाई ।
नेपालमा सुसारे, खाडीमा खदामा, इजरायलमा चाहिँ केयर गिभर । पदलाई जहाँ जसरी परिभाषित गरे पनि उस्तै हो काम, उस्तै हुन् पेलान, उस्तै हुन् बाध्यता अनि उस्तै हुन् दर्दभरे कहानीहरू । तर, कमाइका दृष्टिले उत्तम थियो इजरायल ऊबेला । छ अझै पनि आकर्षक कमाइ ।
युरोप वा अमेरिकामा जति नै कमाए पनि इजरायलमा जोगिने पैसामा खासै ठूलो अन्तर थिएन र छैन अझै पनि । त्यही पैसाका कारण रित्तिदैछन् नेपाली बस्तीहरू । खाडीले तानेको छ धेरै तन्नेरीहरूलाई । बलियाबांगा छैनन् गाउँघरमा । रोधीमा भेटिन्नन् युवाहरू, साकेला र धाननाच उस्तरी जम्न छाडेको छ । देउडामा पनि बुढाबुढीमात्र देखिन्छन् । न त जन्तीमा छन् युवाहरू, न त मलामीमा ।
छोटो समयमा धेरै धन कमाइ बुढेसकालमा सुखी जीवन जिउने मिठो सपना कस्को हुँदैन ? कमाउने जिम्मा अब पुरुषको मात्र रहेन । समानताको कुरा जहाँ पनि उठेको जो छ । बुढाबुढीको सेवा गर्ने भिसामा नेपाली महिलाहरू इजरायल पुग्न थाले केयर गिभर भन्दै ।

डलर कमाउने सपना हुन्छ, कमाएकै छन, सेलरी जो डलरमै थाप्छन् क्यारे । बिल्डिङठड्याएकै छन्, छोराछोरीलाई महँगा अंग्रेजी स्कुलमा पढाएकै छन् ।
बिदेसिनु कसैको रहर होइन । तर, इजरायलको सपना देख्न थालेपछि धेरै कुरामा आँखा चिम्लिदिन्छन् नेपाली आमाहरू । छोराछोरी रातारात होस्टलमा कैद हुन पुग्छन् आमाको भिसा लागेपछि । नानीहरूको मातृत्व खोसिन्छ । निरस बन्छ बाल्यकाल बच्चाहरूको । होस्टलमा बसेका अधिकांश बालबालिका पारिवारिकभन्दा बढी यान्त्रिक हुन्छन् भविष्यमा । यस्तो कुरामा टेन्सन लिँदैनन् नेपाली आमाहरू इजरायलको भूत चढेपछि । बरु श्रीमान् बाहिर पल्केर घरबार बिग्रेला कि ? भनी हरदम सताउँछ इजरायललाई ।
अग्लो सपना देख्दै इजरायल पुग्न थाले अधिकांश नेपाली आमाहरू । पुगेकै छन् अझै पनि । पुगिरहलान् भोलि पनि । फेरि पनि झनै शुन्य हुन थाले नेपाली गाउँ र बस्तीहरू । घर अब घर रहेनन् । मसान सरह भए घरहरू आइमाईबिनाका । अनि झुल्किन थाले उनीहरू फेसबुकका भित्ताहरूमा । मनमायाहरू मेरीका नाममा । डम्बरीहरू डलीको उपनाममा ।
इजरायल दिउँसो सुत्छ सायद, रातभर अनलाइनमा भेटिन्छन् मेरी र डलीहरू । ल्यापटको भित्तो भरिन्छ हट र ब्युटी तस्बीरहरूले । हैन इजरायलमा के छ त्यस्तो कुन्नी ? आमाहरू पनि इजरायल पुगेपछि मस्त तरुनी देखिन्छन् । जुन समयमा फेसबुक खोले पनि उनीहरूकै नयाँनयाँ अपडेट भेटिन्छ । कतै मायाप्रेम त कतै जीवन र जगत्का विशृंखल अभिब्यक्तिहरू ।
कतै निराशा त कतै गाली, घृणा र तिरस्कारका तीरहरू रोपिएका पनि पाइन्छन् । कतै झुन्डिएका हुन्छन् कुण्ठा त कतै गजलका नाममा फजलहरू । उकुसमुकुस भावना पोख्ने डम्पिङ साइड जो बनेको छ फेसबुक हिजोआज । सुन्दर तस्वीरहरूको प्रतिस्पर्धात्मक अपडेटले त लाग्छ इजरायल त साँच्चीकै फूलबारी पो हो कि ?
कतारमा कार्यरत एक जना मेरा कवि मित्र इजरायललाई नयाँ ससुराली भनी सम्बोधन गर्थे । इजरायलमा कार्यरत नयाँ केटी साथीसँग रातभर स्काइपमा भिडियो च्याट गरेको बताउँथे । दिउँसोको डियुटी उडेर मुस्किलले पूरा गर्थे । विवाहित मेरा साथी आफ्नी नेपालबासी श्रीमतीलाई भन्दा बढी समय इजरायलतिर दिन्थे ।
भन्थे कि ऊ पनि विवाहित हो, उसका त झन् तीनटा छन् रे छाउराछाउरी । के गर्न खोजेको त ? मेरो प्रश्नको सहज उत्तर दिन्थे कि कुण्ठालाई शान्त पार्ने वातावरण बनाएको नि । कुरैकुरामा उनले त्यस प्रकृतिको भिडियो च्याट अन्य दुई जनासँग हुने गरेको बताएका थिए । मैले कतारका मित्रका सबै कुरा पत्याएको चाहिँ थिइनँ ।
समयको अन्तरालमा मेरा पनि फेसबुकमा करिब १२ सय साथी पुगेछन् । ती १२ सयमा १२ जना जति इजरायलमा कार्यरत केही मित्रहरू पनि परेका होलान् सायद तर यसमा आफ्नी बहिनी, साली, दिदी, पूर्व सहकर्मीहरू पनि छन्, जो पूर्व परिचित । केही पूर्व अपरिचितहरू पनि छन् ।
हराएकाहरूलाई भेट्टाइदिएको छ, अपरिचितलाई परिचित गराएको छ, कतै जुटाएको छ, कतै फुटाएको छ यो फेसबुकले । धन्य छ फेसबुक । धन्यवाद मार्क जुगर ।
अन्ततः हामी पनि साथी बन्यौं फेसबुकमा । कस्ले पठायो रिक्वेट, कस्ले एसेप्ट गर्यो, कहिले भयौं साथी, किन भयौं साथी, केही थाहा छैन । भेटिन थाल्यौं अनलाइनमा । राम्री पनि होइन, नराम्री त केटी हुँदैहुँदैनन् । कर्ली कपाल, करिब ३० देखि ३५ वर्ष हुनुपर्छ उमेर । केटीको उमेर नसोध्नू भन्छन् त्यसै पनि । जान्ने मोह पनि छैन खासै । नाम साया बस्नेत, घर इटहरी, सुनसरी, माइत सोधेकै छैन, दुई वा तीन जना भन्थिन् छोराछोरी । श्रीमानबारे मैले सोध्दा नेपालमा मात्र लेखिपठाएकी थिइन् ।
भर्खरै लाइसेन्स पाए पनि फिक्स डिउटी पाएको थिइनँ मैले । कहिले यता, कहिले उता, जता खाली उतै जानुपथ्र्यो मैले । त्यो रात म डियुटी सकेर फर्केको थिएँ । भोलिपल्ट मेरो छुट्टी थियो । फेसबुक खोलें, एकान्तको मनपर्दो साथी जो बनेको छ फेसबुक । यो बिनाको जीवन कति निरस हुँदो हो । अनलाइनमा टुप्लुकिइन् उनी ।
महाभारतमा यक्षले युधिष्ठिरलाई सोधेका प्रश्नहरू अचानक मनमा आए । त्यही प्रश्न हुत्याएँ, संसारमा सबैभन्दा ठूलो को हो ? उसले डयाड् लेखी । नारी भएर पनि आमाको सट्टा बाबुलाई ठूलो किन ठानेकी होली भनी गम्दै चौथो प्रश्न पनि यक्षकै सापटी लिएँ, परदेशको मित्र के हो ? उसले दुःखको साथी लेखेकी थिई ।
सन्चै हुनुहुन्छ ? मबाटै च्याट संवाद सुरु भएथ्यो ।
हो त, छोटो उत्तर आयो इजरायलबाट ।
खाना खानु भो त ?
भो त ।
फ्रि हुनुहुन्छ ?
छु त ।
छोटा प्रश्नहरूका छोटै आइरहे उत्तरहरू ।
मलाई एउटा हेल्प गर्नुहुन्छ ? प्रश्न मेरो थियो ।
कस्तो हेल्प ? प्रश्नै बनेर आयो रिप्लाई ।
म एउटा रिसर्च गर्दैछु, मैले लेखेथें ।
उसले ठाडै सोधी, मैले के गर्नु त ?
मैले लेखेको थिएँ कि मेरा केही प्रश्नहरूको उत्तर दिनुपर्छ ।
इजरायलबाट सोध्नुहोस् भन्ने स्वीकारोक्ति आयो ।
बिनाकारण अफलाइन होली भन्ने चिन्ताले म प्रशंसाको पुल बाँध्न थालें र लेखें मलाई तपार्इंको ऊ मन परो । उसले ह्वाट ?’ लेखिपठाई अनि तत्कालै लेखी कि सब लोग्नेमाग्छे उस्तै हुन्छन्, सबै जना ऊ मात्र मन पराउँछन्, ऊ मात्र गर्न खोज्छन् । लोग्नेमान्छेको सबभन्दा खराब पक्ष भनेकै ऊ लोग्नेमान्छे अर्थात् भाले हुनु हो । अन्य अपशब्दहरूको प्रहार सुरुमै खप्नुपर्यो मैले । मैले उनलाई कुल बनाउन च्याट बक्समा लेखें, सरी, गलत अर्थ लाग्यो । मेरो आशय त्यो थिएन । मैले त तपाईंको कर्ली कपाल पो मन परो भन्या त । मेरो रिसर्च त सुरु नहुँदै अन्त्य हुने परो नि । उसको चित्त बुझेछ क्यार, ‘ल ल, गो अहेडलेखेर पठाई । मैले सतर्क हुदैं लेखें कि म तपाईंलाई पाँचवटा प्रश्न सोध्छु, हरेकको २० मार्क हो । तपाईं तयार हो ?
उताबाट यस आई एम रेडीअंग्रेजीमा टाइप भएर मेरो ल्यापटपमा टुप्लुकियो । मेरो पहिलो प्रश्न थियो, ह्वाट इन लाइफ ? उत्तर तत्काल आयो कि लाइफ इज पजल । ह्वाट इज लभ ? दोस्रो प्रश्न थियो मेरो । हुरीझै आयो उत्तर लभ इज ए क्रेजी गेम । अब के सोधौं भएँ म । मेरो केही तयारी थिएन । महाभारतमा यक्षले युधिष्ठिरलाई सोधेका प्रश्नहरू अचानक मनमा आए । त्यही प्रश्न हुत्याएँ, संसारमा सबैभन्दा ठूलो को हो ? उसले डयाड् लेखी । नारी भएर पनि आमाको सट्टा बाबुलाई ठूलो किन ठानेकी होली भनी गम्दै चौथो प्रश्न पनि यक्षकै सापटी लिएँ, परदेशको मित्र के हो ? उसले दुःखको साथी लेखेकी थिई । पाँचौ प्रश्न अलि विवादास्पद पनि बन्न सक्थ्यो । सोधौं कि नसोधौंको अन्योलतामा पौडिरहेको थिएँ । उसैले सोधी खोइ त लास्ट प्रश्न ? मैले आए आँप गए झटारो सम्झेर लेखिदिएँ कि ह्वाट इज सेक्स ? प्रश्न पठाइसके पनि म डराएको थिएँ । फेरि गाली खानु पर्ला भनी तयारी गर्दै थिएँ, उत्तर थाहा छैनभनेर आयो ।
उत्तर अमूर्त आए पछि म झनै अन्योलमा परें । अब कसरी अगाडि बढ्ने भनी सोच्दै थिएँ, उसले प्रतिप्रश्न गरेर आफ्नो रिजल्ट मागी । तपार्इं चलाख, परिपक्व, समझदार र लजालु महिला हुनुहुदों रहेछ । १०० पूर्णांकमा तपाईंले ८० स्कोर गर्नुभयो । अब दोस्रो चरणका प्रश्नहरू सोधौं ? मैले फटाफट आफ्ना कुरा च्याट बक्समा टाइप गरी रिप्लाइमा क्लिक गरें र किचनबाट जुस लिएर आएँ, लामो च्याटले तन र मनको तिर्खा जो जागेको थियो ।
उसले दोस्रो चरणका प्रश्नहरूको पनि उत्तर दिने र मेरो रिसर्चलाई सफल बनाउनमा पूर्ण सहयोग गर्ने बताई । ऊ खुसी रहेको उसका शब्दहरूले बताइरहेका थिए । यो चरणमा त अलि अफ्ट्यारा प्रश्नहरू हुन्छन् नि, मैले सचेत गराएँ उसलाई अगाडि नै । उसले फ्याट्ट लेखी के आज मेरो इन्टरभ्यु हो ?’ मैले सम्झाउने कोसिस गरें कि रिसर्चमा यस्तै हुन्छ, यसरी खोजी गर्दै जाँदा ठूल्ठुला रिपोर्टदेखि लिएर कथा, उपन्यास र सिनेमा पनि बन्न सक्छन् ।
सिनेमाको कुराले उसलाई छोएछ क्यार लेखी फिलिम पनि बन्छ र ?’ मैले बन्न सक्छ, केही फिल्महरू यस्तै रिसर्च, इन्टरभ्युबाट बनेको प्रसंग जोडें । फेरि फुर्कयाएँ कि यो प्रोजेक्टले फिलिमको रूप लियो भने तपाईं हिरोइन पक्का । उसले खुसी भएको संकेत स्टिकर पठाएर गरी र स्काइपमा आउन आग्रह गरी । मैले पहिलो भेटमा स्काइपमा कुरा नगरौं पछि प्रोजेक्ट सफल भयो भने प्रत्यक्ष भेट भइहाल्ला भनेर टार्न खोजें ।
उसले त्यसो हो भने तपाईंले जे सोधे पनि उत्तर दिन्छु भनेर लेखी । मैले नेपाली चलचित्रमा हिरोइनहरूले कथाले मागेजति अंग प्रदर्शन गर्न तयार छु भन्ने गरेको अभिव्यक्तिसँग उसको भनाइलाई तुलना गरिहेरे । मैले यस्तै केके सोचेर बिलम्ब गरे पछि उसैले सोधी खै त प्रश्नहरू ? सकिए ? वास्तवमा मसँग रेडिमेड प्रश्नहरू थिएनन् । पूर्वनिर्धारित थिएन हाम्र्रो च्याटवार्ता । जे पायो त्यही सोधेर भड्काउनु पनि भएको थिएन ।
म अलि प्रसंगहीन भएर सोध्न थालें तपाईंको नाम साया नै हो ? उसले आफूलाई साया नाम मन परेर राखेको बताई र रियल नाम रियल भेटमा मात्र भन्ने जनाई । सायाहरू त निर्दयी पो हुँदा रहेछन्, मैले टाइप गरेको थिएँ । किन र कसरी एकै पटक मेरो स्क्रिनमा देखापरे । समर लभ भन्ने उपन्यासमा साया नाम गरेकी पात्रले विदेश गएपछि आफ्नो श्रीमान्लाई वास्ता नगरेको प्रसंग मैले बताएँ । उस्ले तत्काल प्रतिक्रिया दिई, मैले त आफ्नो श्रीमान्लाई भुलेकी छैन क्यारे । मैले पनि लेखे भन्न त सबैले त्यसै भन्छन् नि ? उसले प्रसंग बाहिरिन दिइन, खै त प्रश्नहरू ?
एग्रिमेन्टमा हस्ताक्षर भए पछिमात्र दोस्रो चरणका प्रश्नहरू सोधिने अडान कसें मैले । एग्रिमेन्टमा हस्ताक्षर भएपछि पारिश्रमिक कति दिने भनी सोध्न बेर गरिन उसले । मैले पारिश्रमिक अनलिमिटेड र केही प्रतिशत रोयल्टी पनि पाइने दर्साएँ । उसले प्रतिशतको मात्रा जान्ने इच्छा गरी । मैले आपसी सहमतिमा १० देखि १५ प्रतिशतसम्म हुन सक्ने जनाएँ । उसले रोयल्टी थोरै भएको संकेत गरी । मैले पनि त्यही अनुपातमा पाउने कुरा बताएँ र यो प्रोजेक्टको आउटपुट पुस्तक भए प्रकाशक या फिलिम भए निर्माताले धेरै प्रतिशत लिने बताएँ । मैले फेरि लेखें कि कथाको पात्रलाई रोयल्टी दिने चलन कतै छैन र, भए पनि मेरो जानकारीमा नरहेको कुरा हो यो ।
अझ स्पस्ट पार्न मैले फेरि लेखें कि म पात्रको खोजीमा छु । कस्तो पात्र ? ऊ प्रश्न बनेर आई म पनि उत्तर बनेर इजरायल पुगें, कथाकी पात्र । उसले सोधी मैले के गर्नुपर्छ ? मेरा सबै प्रश्नहरूको जवाफ दिनुपर्छ । मलाई के फाइदा हुन्छ ? ऊ अलि प्रोफेसनल बन्दै सोध्न थाली । मैले उसलाई झनै प्रस्ट पार्नुपर्ने आवश्यकता बोध गर्दै भूमिका बाँध्न थालें । यो प्रोजेक्टले कथाको रूप लियो र त्यस्तै अन्य कथाहरूको संग्रह पुस्तकका रूपमा आयो भने र त्यस संग्रहले छापामारको छोराको स्तर चुम्यो भने हामी रातारात हिट हुनेछौं ।
त्यसरी नै यसले उपन्यासको रूप ग्रहण गर्यो भने र त्यो उपन्यास राधा, सेतो धरती वा दमिनी भीरको समकक्षमा पुग्यो भने त्यसबापत पाइने मदन पुरस्कारको राशिको २ लाख मध्ये १ लाख तपार्ईंको भागमा पर्नेछ । फिलिम भए त तपाईं स्वयम् हिरोइन । मैले फेरि लेखेको थिएँ कि म पृथक कथाधारी र फरक भूमिका निर्वाह गर्न सक्ने पात्र खोजिरहेछु । अनि हिरो चाहिँ को होला त ? तपाईं नै होला नि ? उसले विषयको गम्भीरतामा ध्यानै नदिएर सोधेकी थिई हिरोको बारेमा ।
मैले उसलाई बुझाउन सकिरहेको थिइनँ । फेरि टाइप गरें म त लेखक मात्र, तपाईंको हिरो हुन लायक छुइनँ म । ह्यान्सी हुनुहुन्छ त ? ऊ पनि प्रशंसाको जालो बुन्न माहिर भइसकिछे । प्रसंग निकै बाहिरिएको महसुस गरी मैले आग्रह गरें सोधौं त प्रश्नहरू ? उसले स्वीकृति जनाएपछि मैले सोधे, गल्फका केटाहरू त इजरायललाई नयाँ ससुराली भन्छन् त ? प्रायःका केटासाथी हुन्छन् रे नि ? तपाईंका कति होलान् केटासाथी ? अलि भूमिका बाँधेर सोध्नुपर्ने प्रश्नलाई ठाडै सोधेको थिएँ मनभरि डर बोकेर ।
श्रीमानको पूर्ण सफलताका लागि व्रत बस्ने श्रीमतीहरू इजरायलभरि छन् । आफ्नो श्रीमान् चरित्रहीन भएको जानकारी पाएर पनि उसकै लागि पतिव्रता भइ बस्नेहरू पनि छन् यहाँ । यो कुरा नेपाली समाजले देख्दैन । मिडियाले पनि नराम्रा कुरामा मात्र चासो दिन्छ । एउटाले बिराउने, संसार पिराउने भएको छ यहाँ । हाम्रोमात्र चासो किन सबैलाई ? हाम्रा श्रीमान्हरू कस्को फरिया फुकाल्दै होलान् ? उनीहरूलाई रोक्न किन सक्दैन हाम्रो समाज ? हाम्रो आर्थिक सफलतामा जल्नेहरूले चलाएको हल्ला मात्र हो त्यो । त्यसैले इजरायलमा कार्यरत सबै नेपाली महिलाहरूलाई एउटै नजरले नहेर्नुहोला ।
केही क्षणको मौनता र पर्खाइ चिर्दै उनको रिप्लाई आयो, केटासाथी त टन्नै छन् नि । आजै देखि अर्को थपिएको छ, पत्रकार जस्तो छ । पत्रकार भनेपछि मेरो ध्यान त्यतैतिर गयो र सोधें, पत्रकार रे, नाम भन्न मिल्छ, कुन मिडिया हाउसको ? उस्ले लेखिथी, आफैंलाई नचिन्ने ?, हुस्सु ।
म झनै अन्योलतामा डुबें । रातको दस बजे सुरु भएको हाम्रो च्याट विषयवस्तुको नजिक पुग्दा बाह्र बजिसकेको थियो । उसले फ्टट सोधी इन्टरभ्यु सकियो ? मैले लेखें बल्ल सुरु भयो । हे भगवान्, कुन जालमा परे नि म भनी उस्ले दिक्दारी झल्काई । मैले लेखिपठाएँ, ढुक्क हुनुहोस् मायाजालमा चाहिँ होइन । जालमय प्रश्नोत्तरको सिलसिलामा उसले थपी महाजालमा चाहिँ परिसकें । रिसर्च त लामो प्रक्रिया हो, महिनौं पनि लाग्न सक्छ तर आजको लागि अन्तिम तथा महत्वपूर्ण प्रश्न सोधौं भनी अनुमति मागें मैले । उसले अफकोर्स लेखेकी थिई ।
रातको एक बज्न लागेको थियो । करिब तीन घन्टा पगारे पछि प्रश्न हुत्याइदिएँ, इजरायलमा त नेपाली केटाहरूलाई त मोज छ रे नि ? महिनामहिना दिनमा गर्लफ्रेन्ड फेरिन्छ भन्छन् त ? कि मैले गलत समाचार सुनें ?
मलाई भूमिका बाँध्न मन पर्दैन । जे हो, सिधा प्रश्न गर्न मन पराउँछु, पत्रकारिता जो गरिटोपल्छु सहायक पेसाका रूपमा । सिधा उत्तरको अपेक्षा गर्छु । तर अलि गम्भीर प्रश्नलाई सहजताका साथ सोधेको थिएँ । मनमा त्रास त थियो नै । तर उत्तर आउने झिनो आशा थियो । म अधैर्य भएँ । आत्मग्लानिको भुतभुतेमा डड्न लागेको अनुभूति भयो केही क्षण । नसोध्नु प्रश्न सोधिसकेको थिएँ, समस्या आफैले सिर्जना गरेको महसुस भयो मलाई । डराएर र भागेर पनि के हुन्थ्यो र । उनको रिप्लाईको प्रतीक्षा गर्नुको बिकल्प थिएन । कसैले भनेको छ कि प्रतीक्षाको घडी लामो हुन्छ । करिब आधा घन्टापछि उनको रिप्लाई मेरो इनबक्समा आएको थियो ।
हो, हामी बिरानो मुलुकमा छौं । हामी रहरले आएका होइनौं यहाँ । तपाईंहरूले सुनेको जस्तो सजिलो छैन काम । हामी रात वा दिन केही नभनी खट्छौं । छुट्टी विरलै पाइन्छ । यता आउँदाको रिन तिर्नै धेरै समय लाग्छ । बस्दै गएपछि अलिअलि कमाइन्छ, जोगाइन्छ पनि । धेरैले पैसा बचाएकै छन् । मिठो खान पाएका छन्, राम्रै लगाएका छन् । पेट भर्ने समस्याबाट मुक्ति पाएपछि अनेक इच्छा र आकांक्षाहरू पलाउँछन् । केही भौतिक त केही शारीरिक इच्छाहरू । यी मानवीय र जैविक गुण हुन् । इच्छालाई कसैले दबाएर राख्छन्, कसैले बाहिर प्रकट गर्छन् । हो, आफ्ना शारीरिक इच्छाहरूलाई नियन्त्रण गर्न नसक्नेहरू यहाँ पनि छन्, त्यहाँ पनि होलान्, नेपालमा मात्र होइन, संसारभरि छन् ।
यो स्वाभाविक हो । तर, इजरायलका सबै नेपाली महिलाहरूलाई एकै नजरले हेर्नु मूर्खता हो र यो सम्पूर्ण नारीहरूप्रतिको अपमान हो । हामीले आफ्नो कर्तव्य भुलेका छैनौं । आफ्नो श्रीमान्को पूर्ण सफलताका लागि व्रत बस्ने श्रीमतीहरू इजरायलभरि छन् । आफ्नो श्रीमान् चरित्रहीन भएको जानकारी पाएर पनि उसकै लागि पतिव्रता भइ बस्नेहरू पनि छन् यहाँ । यो कुरा नेपाली समाजले देख्दैन । मिडियाले पनि नराम्रा कुरामा मात्र चासो दिन्छ । एउटाले बिराउने, संसार पिराउने भएको छ यहाँ । हाम्रोमात्र चासो किन सबैलाई ? हाम्रा श्रीमान्हरू कस्को फरिया फुकाल्दै होलान् ? उनीहरूलाई रोक्न किन सक्दैन हाम्रो समाज ? हाम्रो आर्थिक सफलतामा जल्नेहरूले चलाएको हल्ला मात्र हो त्यो । त्यसैले इजरायलमा कार्यरत सबै नेपाली महिलाहरूलाई एउटै नजरले नहेर्नुहोला ।

उसको रिप्लाई पढ्दै थिएँ । ऊ त गुडनाइट लेखेर अफलाइन भइसकिछे, मैले बाई भन्ने समय नै पाइनँ । धन्यवाद, कथाको एउटा प्लट त तयार भयो, अब यसलाई उपन्यास बनाउने वा कथामै पूर्णबिराम लगाउने ? सबै तपाईंकै जिम्मा, अफलाइन म्यासेज पठाएर म पनि सुत्ने तयारी गर्न थालें । डे सिफ्टमा ड्युटी जाने साथीहरू उठिसकेका थिए ।
द नेपाली भ्वाईस डट कम वाट

,

0 comments

Write Down Your Responses