झण्डै ६ वर्षपछी इजरायलको रोजगारी खुल्यो - जि टु जी मार्फ काम हुने


काठमडौं,चैत २९ –
वैदेशिक रोजगारीका लागि इजरायल पुनः खुला भएको छ। लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैले निःशुल्क कामदार पठाउने भएको हो ।

वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्नेछ। कामदारको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ। छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर,उचाइ, स्वास्थ्य, तौल सबै हेरिनेछ ।

नेपाली कामदार सरकारी स्तरमा पठाउन इजरायलले पठाएको सहमतिको अन्तिम पत्र शुक्रबार परराष्ट्र हुँदै श्रम मन्त्रालयमा पुगेको छ। इजरायलले वार्षिक १ हजार ५ सय जना लिने जानकारी दिएको छ ।
नेपाली म्यानपारव कम्पनीले कामदारबाट १० लाख रुपैयाँभन्दा बढी असुलेको भन्दै ७ वर्षअघि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । पछिल्लो समय इजरायलले सरकारीस्तरमा निःशुल्क कामदार लिने प्रस्ताव गरेअनुसार सहमति हुन लागेको हो ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses