आमाको अन्तिम संस्कार गरेको भन्दै भाईले दिदिको हत्या गरे - हेर्नुहोस् ।



एजेन्सी :  पुरूषवादी सोचको पराकाष्ट - भारतको छत्तिसगढमा दिवंगत आमाको अन्तिम संस्कार गर्ने एक युवतीले त्यसको मूल्य आफ्नो ज्यान गुमाएर चुकाउनु परेको छ । दिदीले आमाको दाहसंस्कार गरेपछि रिसले आगो भएका एक भाइले बन्चरोले हानेर आफ्नी उनको ज्यान लिएका हुन् । दिदीको हत्यामा संलग्न युवालार्इ प्रहरीले पक्राउ गरेको छ ।
छत्तिसगढको तिल्दा नेवरामा मंगलबार ८५ वर्षीया सुरज बाईको निधन भएको थियो । सुरज बाई आफ्नी छोरी गीतासँग बस्दै आएकी थिइन् । सामाजिक परम्परालार्इ चुनौती दिँदै गीताले नै आफ्नी आमाको अन्तिम संस्कार गरेकी थिइन् । आमाको अन्तिम इच्छा पूरा गर्न गीताले सो कार्य गरेकी थिइन् । के कुनै कानुनमा महिलाले अन्तिम संस्कार गर्न नपाउने भनेर उल्लेख गरिएको छ ?
गीताका तेजराम नाम गरेका एक भाइ रहेका छन् । तेजरामले आमा सुरज बाईलार्इ आफ्नो घरबाट निकालिदिएपछि उनको लालनपालनको जिम्मा गीताले गर्दै आएकी थिइन् । गीताले आमाको अन्तिम संस्का गरेको खबर छत्तिसगढका स्थानीय अखबारले बुधबार विषेश प्राथमिकता दिएर छापेका थिए ।
दिदीले आमाको अन्तिम संस्कार गरेको समाचार पत्रपत्रिकामा पढेपछि तेजमा रिसले चुर भएका थिए । बिहीबार बिहान तेजराम दिदी रहेको गाउँ पुगेर उनको बन्चरोले काटेर हत्या गरे । दिदीलार्इ बन्चरोले काटेर हत्या गरेपछि गाउँलेको सूचनाको आधारमा तेजरामलार्इ प्रहरीले बिहीबारै गिरफ्तार गरिसकेको छ ।

0 comments

Write Down Your Responses