सिरियामा पुगेकी एक नेपाली चेलीको दर्दनाक कथा- गोली र वमले भरिएको देशवाट म कसरी फर्कु आमा ?

सिरियामा पुगेकी एक नेपाली चेलीको दर्दनाक कथा-
सात तलामाथिको घरको काम गर्छु, पासपोर्ट पनि साहुले आफैंसँग राखेको छ, घरबाहिर दिनहुँ बम पडि्करहन्छ, विदेशी देख्ने वित्तिकै आन्दोलनकारीहरुले गोली हानिदिने गरेकाले बाहिर निक्लने अवस्था छैन्,’ धादिङ मैदी गाविस १ की सुनिता मगरले आमासँग फोनमा भनिन् ।

छोरीसँग भएको फोनसम्वाद सम्झिँदै सुनिताकी आमा सावित्री मगरले आँखाभरि आँसु पारेर भनिन् ‘चार महिनाअघि ऊसँग फोनमा कुरा हुँदा त उसको अवस्था ठिकै थियो तर,अहिले जतिसक्दो चाँडो नेपाल नफर्काए ज्यानसमेत जान अवस्था छ, अब कसरी फिर्ता बोलाउने होला ?’


पैसा कमाएर बालबच्चा पाल्छु भनेर विदेश जान घरबाट हिँडेकी छोरी नेपालबाट काम गर्न जाने अनुमति नै नभएको देश सिरिया पुगेको खबर आएपछि घरमा रुवावासी चलेको छ ।

सुनिता विदेश जाने भन्दै पासपोर्ट बनाएर तालिमका लागि पोखरा गएकी थिइन् । पतिले कान्छी पत्नी ल्याएर घरबाट निकालिदिएपछि उनी लामोसमयदेखि नीलकण्ठ-८, मगरगाउँस्थित माइतीमा बस्दै आएकी थिइन् ।

सावित्रिले छोरीसँगको सम्वाद सम्झिँदै भनिन्-‘विदेश नजाउ छोरी भन्दा हैन छेराछोरीको भविष्यका लागि पनि मैले जानुपर्छ भनि, दुःखसुख गरेर यही बसौ भन्दा उसले मानिन् । एकैचोटी गत मंसिरमा उनी सिरिया पुगेको खबर आयो ।’

तालिम लिन भनेर पोखरा गएकी छोरी एकाएक सिरिया पुगेको खबर आएपछि परिवार चिन्तित भएको छ । छोरीको सुरक्षिक र सकुशल उद्दारका लागि आमा सावित्रिले विभिन्न निकायमा गुहार माग्दै हिँड्ने गरेकी छन् ।

यो समाचार अन्नपुर्ण पोष्टमा छापिएको छ ।

0 comments

Write Down Your Responses