त्रिभुवन विमानस्थल अस्तव्यस्त -- जहाजहरू आकाशमै डाईभर्ट


काठमाडौ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम भएको छ । उद्धारमा परिचालन भएका हेलिकोप्टर र विमानको संख्या बढेकोले ट्राफिक जाम भएको विमानस्थलका महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठले बताए ।

विमानस्थलमा विदेशबाट उद्धारको लागि नेपाल आउने विमानलाई अवतरणमा उच्च प्राथमिकता दिइएको छ । उद्धारमा परिचालन भएका हेलिकोप्टर र विमानका कारण विमानस्थल अस्तव्यस्त छ । यसले गर्दा नियमित उडान तालिका भएका विमानले मौका पाउन गाह्रो भएको छ। महानिर्देशक श्रेष्ठले सोमबारदेखि कमर्सियल उडान सुरु भएको जानकारी दिए।

आइतबार भारतबाट काठमाडौंका लागि उडेका तीन जहाज मात्र अवतरण भएका थिए। बाहिरबाट नेपाल आएका विमानले ल्यान्ड गर्ने स्थान नपाउँदा आकासमै होल्ड भएर डाइभर्ट भएका थिए।
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छोड्न चाहनेहरुकोे ठूलो भिड छ । विमान समयमै उडान हुन नसक्दा भिड बढ्दै गएको छ।

चीन र भारतले विमानमार्फत् आफ्ना देशका नागरिकहरुलाई उद्धार गरिरहेको छन्। आफ्नो सरकारले उद्दार गर्ने भएपछि विमानस्थलमा २४ घन्टादेखि जहाजको प्रतिक्षा गर्नेहरुको संख्या पनि धेरै छ।
'विमानस्थल यति अस्तव्यस्त छ कि पानी पिउनेसम्म सुविधा छैन' एक यात्रुले नागरिकन्युजसँग भने 'हामी दुई दिनदेखि उडानको प्रतिक्षा गरिरहेका छन् ।' 
नागरिक न्यूजवाट 

0 comments

Write Down Your Responses