कुन देशवाट कति आर्थिक सहयोग -

काठमाडौं- महाभूकम्पले विध्वंश मच्चाएपछि मित्र राष्ट्रलगायत अन्तर्राष्ट्रिय संस्थाले सहयोगको घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकले नेपालीको आँशु पुछ्ने बताएका छन् ।
 भारत, चीन, अमेरिका, पाकिस्तान, बेलायत, क्यानडालगायतका देशले सहयोगको घोषणा गरेका छन् भारतले आपतकालीन ४० टोली, मोबाइल अस्पताल, औषधि, कम्बल, पानी र उद्धारका लागि हेलिकोप्टर र जहाज पठाएको छ । 
चीनले ६२ सदस्यीय आपतकालीन टोली पठाएको छ । उसले चिकित्सक टोली पनि पठाएको छ । बेलायतले ८ वटा आपकालीन विशेषज्ञ टोली पठाएको छ ।
 पाकिस्तानले ३० बेडको फिल्ड अस्पताल, सेनाका चिकित्सक र खानेकुरा पठाएको छ । त्यस्तै क्यानाडाले ५० लाख र अमेरिकाले १० लाख डलर सहयोगको घोषाण गरेका छन् ।
 नर्बेले ३ करोड क्रोनर सहयोगको घोषणा गरेको छ ।
 त्यस्तै डाक्टर्स विद्आउट बोडर्सले पनि चिकित्सकको टोली पठाएको छ । ह्यावीट्याट फर ह्युमिनिटिले २० हजार आकस्मिक सेल्टर पाठाएको छ । नागरिक न्यूजवाट

0 comments

Write Down Your Responses