राहत लिएर काठमाडौं आईपुगेका विदेशहरूलाई सरकारले व्यावस्थापन गर्न नसक्दा अलपत्र


१४ वैशाख, काठमाडौं :
नेपालमा भूकम्प गएको सुनेपछि राहत लिएर काठमाडौं विमानस्थलमा आइपुगेको विदेशी टोली एयरपोर्टमै अलपत्र परेको छ ।
 राहत लिएर कुन ठाउँमा जाने र कसरी राहत वितरण गर्ने भन्ने व्यवस्थापन नहाँदा विदेशी टोली र राहत सामाग्री अलपत्र परेको हो ।
 फ्रान्सबाट एएटा टोली कुकुरसमेत लिएर काठमाडौं आइपुगेको छ । त्यस्तै जापानबाट पनि राहत सामाग्री लिएर टोली काठमाडौं आइपुगेको छ ।


 नेपाल सरकारले उचित व्यवस्थापन नगरेका कारण विदेशी टोली अलपत्र परेको हो ।सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञचारमन्त्री मिनेन्द्र रिजालले सोमबार बिहान मिडियालाई दिएको प्रतिक्रियामा कुन देशको टोलीलाई कुन जिल्लामा खटाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको दाबी गरेका थिए ।
 तर, दिउँसो मुख्य सचिवको नेतृत्वमा बसेको मन्त्रालयका सचिवहरुको बैठकले विदेशी सहायता विशेष प्राविधिक क्षेत्रमा मात्रै ग्रहण गर्ने भन्दै भीड नबढाइदिन विदेशीसँग आग्रह गरेको छ ।
 सरकारले भग्नावशेषमा पुरिएकाहरुलाई निकाल्न र हाडजोर्नी एवं नशासम्बन्धी सर्जिकल डाक्टरबाहेक अन्य टोली नपठाउन आग्रह गरेको मुख्यसचिव लीलामणि पौडेलले जानकारी दिएका छन् ।विदेशीहरुको भीड बढ्दा उनीहरुको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको पौडेलले स्वीकार गरे । यसबारे छलफल गर्न परराष्ट्र मन्त्रालयले नेपालमा रहेका कूटनीतिक नियोगसँग छलफल गर्ने भएको छ ।
अनलाई खवरवाट

0 comments

Write Down Your Responses