काठमाण्डौं-राजधानीको धुम्बाराहीस्थित प्रगती टोलमा करिब ३२ वर्षकी एक महिला सडकमा मृत अवस्थामा फेला परेकी छिन्। हत्या गरेर फालिएको हुनसक्ने प्रहरी र स्थानीयले अनुमान गरेका छन्।
बुधबार बिहान करिब ५ बजे सडकमा मृत शव फेला परेको थियो। घरको छतबाट खसालेर मारिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ।
picशव उनको कोठाको झ्यालबाट ठ्याक्कै तल सडकमा शव फेला परेको हो। शव अर्धनग्न अवस्थामा थियो। आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले संकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका मध्ये एक पुरूष र एक महिला छन्। उनीहरूलाई महाराजगञ्ज प्रहरी चौकीमा लगेको बताइएको छ। प्रहरी श्रोतका अनुसार नियन्त्रणमा लिइएका युवाले बिहान पखको घटनाबारे आफूलाई थाह नभएको तर बेलुका भने आफू पनि संगै रहेको जानकारी दिएका छन्।

मृतक महिलाको नाम ज्योतस्ना गुरूङ र घर दार्जिलिङ रहेको प्रहरीले जनाएको छ।अघिल्लो साँझ एक युवक र अर्की महिला समेत तीनजनासँगै एउटै कोठामा सुतेका थिए। मृतक महिलाको ५ वर्षकी एक छोरी पनि छिन्। घरको तेस्रो तलामा चार कोठाको फ्ल्याट लिएर उनी छोरी सहित बस्दै अाएकी थिइन्। सडकमा शव भेटिएपछि हल्लाखल्ला हुँदा समेत माथि कोठामा सुतेका मृतकका दुइ साथी र छोरी भने मस्त निद्रामा थिए। प्रहरी कोठामा पुग्दा उनीहरू सुतिरहेको अवस्थामा भेटिएका थिए।प्रहरी नियन्त्रणमा लिदै गर्दा स्थानीयले केरकार गरेपछि ती युवाले अघिल्लो दिन सोही कोठामा मदिरा सेवन गरेर रमाइलो गरेर सुतेको तर मृत्युबारे आफूलाइ केही थाहा नभएको प्रतिकृया दिएका छन्। उनले मृत्यु भएकी युवती आफ्नो गर्लफ्रेण्ड रहेको प्रतिक्रिया दिएका छन्। मृतकका पति विदेश रहेका बताइएको छ।
(फोटो भिडियो)नागरिक दैनिकमा प्रकाशित
भिडियो :
पति विदेशमा रहेकी युवती व्वाईफेन्डसंग रमाउदै गर्दाको परिणाम - अर्धनग्न अवस्थामा शव भेटियो - भिडियो सहित

0 comments
Write Down Your Responses