घुस लिँदैलिदै विद्युत् प्राधिकरणका सुपरभाइजर यसरी पक्राउ परेपछी....भिडियो सहित
रौतहट, चैत्र १७
रौतहटमा नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई घुस लिँदैगर्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मंगलवार विहान
नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरका सुपरभाइजर उमेशकुमार यादवलाई एक लाख ५०
हजार रकमसहित अख्तियारको टोलीले रंगेहात पक्रिएको हो ।
यादवले रंगपुर गाउँ विकास समिति वडा नम्बर–२ मा रहेको राउल राइस
मिललाई ७० केभीएको त्रिफेज मिटर जडान गरिदिने भन्दै एक लाख पचास हजार घुस लिएको जानकारी पश्चात होटल
अल्पाइनवाट पक्राउ गरिएको समाचार सार्वजनिक भएको छ । पक्राउ घुस दिने मुकेश गुप्ताकै सहयोगमा
उनलाई नियन्त्रणमा लिईएको हो ।

0 comments
Write Down Your Responses