आज विहान विद्यार्थी र प्रहरीविचको झडपमा केही घाईते

काठमाडौ, चैत्र १७ -
स्ववियु निर्वाचनको माग गर्दै सडक  आन्दोलममा उत्रिएका त्रिचन्द्र कलेजका विद्यार्थी र प्रहरीबीच दोहोरो झडप भएको छ । अनेरास्ववियु त्रिचन्द्र क्याम्पसको आयोजनामा आज विहान ९ वजेदेखी गरिएको चक्काजाम कार्यक्रममा  वाटो खुलाउन पुगेको प्रहरी टोलीसंग विद्यार्थीहरूको झडप भएको हो । ढुंगा हानाहान तथा झडपको क्रममा केही विद्यार्थी र प्रहरी सामान्य
घाइते भएका छन् । प्रहरीको अवरोधपछि विद्यार्थीहरुले क्याम्पसभित्रै कोणसभा गरेर आन्दोलनको घोषणा गरेका छन् । भोलि कलेजमा तालाबन्दी र पर्सी त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने कार्यक्रम रहेको जनाईएको छ ।


0 comments

Write Down Your Responses