News
»
श्रीमान् ढेड वर्षदेखी मलेशियामा श्रीमतीले नेपालमा छोरी जन्माएपछी धर्ना जुलुस - हेर्नुहोस्
श्रीमान् ढेड वर्षदेखी मलेशियामा श्रीमतीले नेपालमा छोरी जन्माएपछी धर्ना जुलुस - हेर्नुहोस्
देवचन्द्र भट्ट नुवाकोट, फागुन १७ गते,
नुवाकोटमा एक विवाहित महिलाले श्रीमान विदेशमा भएको वेला छोरी जन्माएकी छिन् । विदुर नगरपालिका वडा नं. ८ डुडेवगैचाकी १९ वर्षिया मीना माझीले आफ्नो श्रीमान् विदेशमा रहेका वेला परपुरुषसंग अनैतिक कार्य गरि छोरी जन्माएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सुत्केरी महिला तथा उनको नावालिका शिशुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । स्थानीय महिलाहरुले श्रीमान् धनवहादुर माझी विगत डेढ वर्षदेखि मजदुरीका लागी मलेशियामा रहेको र परपुरुषसंग अनैतिक कार्य गरि वालिका

जन्माएको कारण उनी र उनको जिम्मा अव प्रेमीले लिनु पर्ने माग गर्दै आइतवार दिनभर त्रिशूली अस्पतालमा धर्ना र घेराउ गरेका छन् । सामरी खोला दोभानमा सामान्य चिया होटेल गरि सासु ससुरासंगै वस्दै आएकी ति महिलाको पहिलाको श्रीमानका तर्फवाट जन्मिएको दुई वर्षिय एक छोरा रहेका छन् । सुत्केरी ति महिलालाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ । तीन दिनदेखि घरवाट हराएकी ति महिलाले घरदेखि २० मिटर परको परालको कुन्युमा छोरी जन्माएर लुकीराखेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनामा सम्वन्धित व्यक्तिको खोजी भइरहेको उनले वताए ।
0 comments
Write Down Your Responses