पुरूष पुरूषविचको विवाह त्यसमा पनि तीन पुरूषविचको विवाह-
अहिलेसम्म तपाईंले महिला–पुरुषबिचको विवाह, प्रेमी–प्रमिका बिचको विवाहको कुरा त सुन्नुभएकै होला तर यहाँ त अचम्मै भएको छ । बैंककको थाइल्याण्ड शहरमा तीनजना समलिङ्गी युवाहरुले एक–अर्कासँग विवाह गरेका छन् । यस्तो विवाहसँगै यो संसारको पहिलो विवाह बनेको छ जहाँ तीनजना मानिसहरुले एक–अर्कासँग विवाह गरेका छन् । जोक (२९), बेल (२१) र आर्ट (२६) ले एकअर्कासँग विवाह गर्न भ्यालेन्टाइन्स डे को साइत जुराएका थिए । थाइल्याण्डको थानी प्रान्तमा अवस्थित उनीहरुको घरमा एक–अर्कासँग सात जुनीसम्म सँगै बस्ने कसम खाएका छन् । यो विवाहसँगै उनीहरु संसारका पहिलो त्यस्तो दुलाहा बनेका छन् जसले बिना दुलही नै एक–अर्कासँग विवाह गरेका छन् । उनीहरुको तस्बिरले इन्टरनेटमा तहल्का नै मच्चाइरहेको छ । आफ्नो यो दिनलाई संसारको सबैभन्दा खुसी दिन भएको बताउने उनीहरु सुट बुटमा सजिँदै एक–अर्कासँग औँठी साटासाट गरेका छन् । फित्सानुलोक प्रान्तमा बस्ने बेलले भने, ‘मेरो बिचारमा हामी एकै लिंगका तीन व्यक्ति विवाहमा बाँध्नु संसारको पहिलो घटना हो ।’
अहिलेसम्म तपाईंले महिला–पुरुषबिचको विवाह, प्रेमी–प्रमिका बिचको विवाहको कुरा त सुन्नुभएकै होला तर यहाँ त अचम्मै भएको छ । बैंककको थाइल्याण्ड शहरमा तीनजना समलिङ्गी युवाहरुले एक–अर्कासँग विवाह गरेका छन् । यस्तो विवाहसँगै यो संसारको पहिलो विवाह बनेको छ जहाँ तीनजना मानिसहरुले एक–अर्कासँग विवाह गरेका छन् ।

आफ्नो यो दिनलाई संसारको सबैभन्दा खुसी दिन भएको बताउने उनीहरु सुट बुटमा सजिँदै एक–अर्कासँग औँठी साटासाट गरेका छन् ।
फित्सानुलोक प्रान्तमा बस्ने बेलले भने, ‘मेरो बिचारमा हामी एकै लिंगका तीन व्यक्ति विवाहमा बाँध्नु संसारको पहिलो घटना हो ।’
कोहीले हाम्रो विवाहलाई मान्दैनन् होला र हाम्रो निर्णयप्रति अचम्मित पनि होलान् तर मलाई विश्वास छ हाम्रो निर्णयमा थुप्रै मानिसहरुले समर्थन गर्नेछन् । आखिरमा माया भनेको त माया नै हो नि ।’
थाइल्याण्डमा एउटै सेक्सको विवाहलाई मान्यता नदिएता पनि उनीहरु तीनजनाले आफ्नो मायालाई बौद्ध धर्मको प्रतिकात्मक सूत्रमा बाँध्न सफल भएका छन् ।

श्रोत डेली मेल,
0 comments
Write Down Your Responses