युवतीसंग रात विताउदा अण्डकोष नै गुमाए एक पत्रकारले - हेर्नुहोस्
एजेन्सी,
तपाईलाई सुन्दा पत्यार नलाग्न सक्छ तर अचम्म लाग्ने घटना घटेको छ रुसमा । एक पत्रकारको अण्डकोष नै गायव भएको घटना सार्वजनिक भएको छ । पेशाले टेलिभिजन कलाकार तथा पत्रकार रहेका ३० वर्षीय दिमित्री निकोलेभको अण्डकोष काटिएको हो । जहाँ भट्टीमा एक सुन्दर युवतीसँग मस्तले रक्सी पिएर सुतेका थिए । राति सुन्दर युवति सँगै सुतेको र भोलिपटक बिउँझिँदा मात्र आफ्नो अण्डकोष काटिएको थाहा पाएको ति पत्रकारले बताएका छन् ।
मस्कोको एक रंगमञ्चमा आफ्नो कला प्रस्तुत गरेपछि मदिरा सेवन गरेर एक युवतीसंग लठ्ठ पर्दै एक वारमा पुगेका पत्रकारले युवतीकै साथमा रात विताएका थिए । युवतीसंगै वियर पिएको र त्यसपश्चात आफु वेहोस भएको र विउझिदा अण्डकोष नभएको अवस्थामा आफुलाई पाएको उनले वताएका छन् ।
रूस प्रहरीका अनुसार कुनै विशेषज्ञ डाक्टरले नै राम्रोसँग सर्जरी गरेर उनको अण्डकोष निकालेको हुनसक्ने अनुमान गरीएको छ भने बियरमा बेहोस पार्ने कुनै औषधि घोलेर ती युवतीले नै उनलाई खुबाएको र त्यसपछि युवतीसँग रहेका मानव अंग तस्करहरुले उनलाई त्यहाँबाट कुनै अवैध अस्पतालमा लगी उनको अण्डकोष निकालेको अनुमान गरेको समाचारमा जनाईएको छ । तर समाचारमा ती युवतीको वारेमा भने केही पनि खुलाईएको छैन । अण्डकोष काटिएका पत्रकार अस्पतालमा रहेको वताईएको छ ।
0 comments
Write Down Your Responses