विहान उठ्ने वित्तिकै गर्न नहुने केही कुराहरू - सवैले जानिराखे राम्रो ।

विहान उठ्ने वित्तिकै गर्न नहुने केही कुराहरू ।

वुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् ।यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ । विहान उठने वित्तिकै गर्नै नहुने ५ कामः

१ सहवास
विहान उठ्ने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन । विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ । सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन भन्ने कुरा शास्त्रमा लेखिएको छ ।

२ ऐना नहेर्नुस्
विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ  र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् । हत्केला हेर्दा राम्रो मानिन्छ ।

३ बाँदरको नाम नलिनुस्
विहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरु । विहानै बाँदरको नाम लिँदा दिनमा खाना खान समस्या हुने उनीहरुको भनाइ छ । विहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस् । वादरको नामसंगै काम पनि जोडिएको हुन्छ  तसर्थ वादरको कल्पना पनि नगर्नुस् विहानमा ।

४ तेलको भाँडो र सियो धागो नहेर्नुस्
विहान उठ्ने वित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस्  र नहेर्नुस् ।  यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने वित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ् ।

५ घर फोहोर नराख्नुस्
उठ्ने वित्तिकै फोहोर सफा गरिहाल्नुस् । विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ । तर पुरूषहरूले पनि आफ्नो घर सफा गर्नु उत्तम हुन्छ ।

0 comments

Write Down Your Responses