News
»
सरकारले ल्याउन लागेको यो गजवको नियम नेपालमा लागु होला त ? हेर्नुहोस्
सरकारले ल्याउन लागेको यो गजवको नियम नेपालमा लागु होला त ? हेर्नुहोस्
यो
गजवको नियम नेपालमा लागु होला त ?
सरकारले
ल्याउन लागेको यो गजवको नियम नेपालमा लागु होला
त ?
बिवाहको
समयमा केटा केटि दुबैपक्षले विभिन्न किसिमका सुनका गहनाहरू दिने चलन
छ । यो चलन तराईका जिल्लाहरूमा अति नै प्रचलित छ । दाईजोकै कारण कयौ चेलीहरू
प्रत्येक दिन मानशिक तथा शारिरिक यातनाको शिकार भईरहेका छन् । समाजमा हुने
गरेका विविध विकृतीहरूलाई मध्यनजर गर्दै नेपाल सरकारले अव विवाहमा दुलहाले दुलहीलाई साढे तीन
तोलाभन्दा बढी सुनका गरगहना दिन नपाउने कानूनी व्यवस्था ल्याउन लागेको छ । यसै अनुरूप सरकारले विवाहमा आदानप्रदान
हुने दाइजो तथा गरगहनामा नियन्त्रणका लागि सामाजिक व्यवहार सुधार विधेयक २०७१ तयार
गरेको छ । विधेयकमाथि व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिमा बिहीबार दफावार
छलफल सुरु भएको बताइएको छ ।विधेयकमा दुलहा पक्षले दुलही पक्षलाई बढीमा साढे तीन
तोला तथा दुलही पक्षले दुलाहा पक्षलाई पौने दुई तोलाभन्दा बढी सुनका गरगहना वा सो
बराबरको रकम वा जिन्सी सामान दिन नपाउने उल्लेख गरिएको छ ।
उक्त
प्रश्ताव विधेयक समिति हुँदै संसदबाट पारित भए दाइजो स्वरुप तोकिएको भन्दा बढी
गरगहना लिनेरदिनेले जेल जानुपर्ने बताइएको छ । त्यस्तै गरी विधेयकमा विवाहमा बाजागाजा
र भरियासहित १ सय ५० जनाभन्दा बढी जन्ती लान नपाउने तथा विवाह भोजमा ३ सय ५०
जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाउने समेत उल्लेख गरिएको छ । । तोकिएको भन्दा बढीलाई जन्ती तथा विवाह भोजमा
सहभागी गराउनेमाथि ५० हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ ।यदी यो विधेयक
पारित भएमा नेपालमा गरिवीवाट पिल्सिएका
तमाम नेपाली निमुखाहरूमाथी न्याय हुनेछ साथै
आम नारीहरूले पनि घरेलु हिंसावाट
मुक्ति पाउनेछन् ।
0 comments
Write Down Your Responses