पुर्व कार्यक्रम संचालिका घिमिरेले वेहुली हुनुपुर्व किन आत्महत्या गरिन् ? हेर्नुहोस्
झापाः पुर्व कार्यक्रम संचालिका समेत रहेकी शनिअर्जुन नगरपालिका–४, लक्ष्मीपुरकी बेहुली कल्पना घिमिरेले झुण्डिएर आत्महत्या गरेकी छिन् । विहे हुनु तीनदिन अघी २१ वर्षीया घिमिरे रेडियो सन्देश, सुरुङ्गाकी पूर्व कार्यक्रम सञ्चालिका हुन्।
कनकाई नगरपालिका–१, सुरुङ्गाका एक युवकसँग घिमिरेको माघ १७ गते बिहे हुने निश्चित भएको थियो । केही दिनअघि वरमाला समेत गरेका दुवै परिवारले आफन्त र छिमेकमा निम्तो कार्डसमेत बाँडिसकेका थिए भने विहेको तयारी दुवैतर्फ भव्यरूपमा भईरहेको थियो । सोमबार दिनभर बिहेका कपडा किनमेल गरेकी घिमिरे मंगलबार बिहान ४ बजे शौचालय जान्छु भन्दै घर बाहिर निस्किएकी थिइन् ।
शौचालय गएकी छोरी लामो समयसम्म नफर्केपछि हेर्न जाँदा घर छेउकै एक कुनामा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनी फेला परेको आमा मञ्जुु घिमिरेले बताइन् । मृतक घिमिरे मनकमना कलेज विर्तामोडमा बीएमा अध्ययनरत छात्रा हुन् । आजको अन्नपुर्ण पोष्टमा खवर छ ।
0 comments
Write Down Your Responses