इजरायलवासी नेपालीको आँखामा परे चार सामाजिक संस्थाहरू , तीज उत्सव २०७१’’ वाट संकलित रकम चार सामाजिक संस्थाहरूलाई दिने निर्णय


शुभद्रा भण्डारी,इजरायल,
इजरायलमा रहेका नेपालीहरूको इतिहासमै  पहिलो पटक महिला दिदिवहिनीहरूको मात्र आयोजनामा स्थानिय कलाकारहरूको वेजोड प्रस्तुतीको साथ  ‘’तीज उत्सव २०७१’’ ऐतिहासिक रूपमा सम्पन्न भएसंगै उक्त कार्यक्रमवाट  मुनाफा भएको रकम  रू  १,७५॰००० ( एक लाख पचहत्तर हजार )  सामाजिक सेवामा हात वढाईरहेका  भिन्दाभिन्दै  ४ वटा सामाजिक संस्थाहरूलाई हस्तान्तरण गर्ने निर्णय भएको छ ।  जुन संस्थाहरूले राज्यले पनि गर्न नसकेको सामाजिक कार्यहरूमा  अग्रसर भएर सेवाका हातहरू फैलाउदै देश तथा  विदेशमा रहेका नेपालीहरूलाई सहयोगको  लागि अपिल गरिरहेका छन् ।
‘’सम्पुर्ण नेपाली नारी एकता हाम्रो प्रतिवद्द्ताभन्ने मुल नारासंगै इजरायलमा रहेका समस्त महिलाहरूको सकृयतामा आयोजना गरिएको ‘’तीज उत्सव  २०७१’’ सफल वनाउन गठन गरिएको आयोजक कमिटीको अनलाईन स्काईप कन्फरेन्सद्वारा वसेको वैठकको निर्णयअनुसार, लक्ष्मी प्रतिष्ठान रू ५०,००० ( पचास हजार )   विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC ) रू ५०,०००  पचास हजार ) ,  रक्षा नेपाल  ,५०॰००० ( पचास हजार ), नारीका लागि नारी रू १  करोड १ रूपैयाको  अक्षयकोष रू २५,००० ( पच्चिस हजार ) गरी जम्मा रकम १,७५,००० ( एक लाख पचहत्तर हजार ) सहयोग गर्ने  सहमती भएको हो ।



केही दिन पश्चात केही आयोजक सदस्यहरू  नेपाल जाने तयारीमा रहेका कारण उक्त रकम नेपालमा एक औपचारिक कार्यक्रममार्फत जेष्ठ आयोजक सदस्यको हातवाट  चारवटै सँस्थाका  आधिकारीक व्यक्तिहरूलाई  हस्तान्तरण गरिने  जनाईएको छ ।
यी चार वटा संस्था किन इजरायलवासी नेपाली  दिदिवहिनीहरूको आँखामा  परे त  ?   किन यी संस्थाहरूलाई  तीज उत्सव २०७१ आयोजक टिम तीज विशेष कार्यक्रमवाट  आएको मुनाफा  रकम दिएर सहयोग गर्न  सहमत भए ?
लक्ष्मी प्रतिष्ठान ----  एक पिडादायी कथावाट जीवनलाई वहलाउन  समाजसेवा तथा मनशान्तिको लागि स्थापना गरिएको लक्ष्मी प्रतिष्ठान विशुद्द सामाजिक संस्था हो । जसले स्थापनाको ४ वर्षमा विभिन्न क्षेत्रमा  सामाजिक कार्यहरू गरेर उदाहरणिय वनेको छ जसमध्ये एक  कादा रूपान्तरण अभियान मार्फत  चितवनको लोथरमा चेपाङ समुदायको लागी घर वनाउने अभियान रहेको छ, जुन अभियानमा तीज उत्सव २०७१ ले एक घर निर्माण गर्न सहयोग पुर्याउछ । जसमा घरवार विहिन भएका चेपाङ समुदायले राहत पाउनेछन् ।
विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC )----  नेपाल सरकारले पनि शुरू गर्न नसकेको काम   विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले गर्दै आईरहेको छ । ३ वर्षदेखि १३ वर्षसम्मका शारीरिक तथा  मस्तिष्क पक्षघात भएका बोल्न नसक्ने, अटिजम डाउन सिन्ड्रम लगायत  अटिजम स्पेक्ट्रम डिस्अर्डर अवस्थाका बालबालिकाहरूलाई विशेष शिक्षा तथा विशेष सेवा  दिदै आईरहेको छ । ४ वर्ष पहिला स्थापना भएको  यो केन्द्र नेपालकै नमुना केन्द्रक रूपमा परिचित  छ ।
रक्षा नेपाल  -----  यौनजन्य हिंसाबाट पीडित महिला एवं वालवालिकाको उद्धार एंव उनीहरुको संरक्षणमामा निरन्तर लागि परिरहेको संस्था हो रक्षा नेपाल । यौनजन्य हिंसामा परेका आमाहरु बचाउने तथा विविध कारणवश घरवार गुमाएका अनाथ, असहाय वालवालिकाहरूको संरक्षणण लगायत  पीडितहरूलाई  मानसिक, सामाजिक एवं आर्थिक रुपमा सवल र सक्षम बनाउन संघर्षरत  रहेको छ । यो संस्था विगत १२ वर्षदेखी सामाजिक सेवामा निरन्तर लम्किईरहेको छ ।
नारीका लागि नारी रू १  करोड १ रूपैयाको  अक्षयकोष----  ''राष्ट्रिय सम्वृद्धिका लागि नारी एकता भन्ने मुल नारासंगै  नेपालकै इतिहासमा पहिलो तथा नारीहरूको सहयोग नारीहरूकै  लागि भन्ने उद्धेश्यका  साथ  देश तथा विदेशमा रहेका नेपाली महिलाहरूको  पहलमा स्थापित यो संस्थाले विविध कारणवश  उत्पिडनमा परेका महिलाहरूका लागि  एक करोड एक रूपैयाको अक्षयकोष निर्माण गर्ने लक्षसंगै,   स्थापनाको छोटो अवधिमै  अन्धकारमय जीवनमा  होमिन वाध्य हुदै शिक्षावाट वन्चित हुन पुगेका  विभिन्न जिल्लाका  छात्राहरूलाई शिक्षामा लगानी गरेर उनीहरूको उज्वल भविश्य सहित शिक्षाको ज्योती प्रदान गर्ने कार्य गरिरहेका छन् ।
तीज उत्सव २०७१  को आयोजनासंगै कार्यक्रमवाट मुनाफा भएमा  सामाजिक उत्पिडनमा परेका विशेषत: महिला तथा वालवालिकाहरूलाई सहयोग गर्ने  निर्णय गरिएअनुसार  उक्त ४ वटा सामाजिक संस्थाहरूमार्फत पिडितहरूसमक्ष इजरायलमा  सम्पन्न  तीज उत्सवको सहयोगवाट लाभान्वित हुने  आयोजक कमिटीले विश्वास लिएको छ ।  
इजरायलमा  रहेका महिला दिदिवहिनीहरूविचको   एकता तथा  सामाजिक  सहकार्य, सद्भाव र शन्देशसंगै आगामी दिनहरूमा पनि यसैगरी अगाडी वढ्ने  सोच रहेको  तीज उत्सव २०७१ आयोजक टिमले जनाएको छ । कार्यक्रमलाई  सफल वनाउन सहयोग गर्नुहुने समस्त सहयोगी मनहरूप्रती  आयोजक कमिटीले  आभार  प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।


0 comments

Write Down Your Responses