विरगञ्ज, असोज ३–
इमान्दार राष्ट्रप्रेमी शुरक्षाकर्मीको रूपमा परिचित एसएसपी सर्वेन्द्र खनाल ।
नारायणी अञ्चल प्रहरी कार्यालय वीरगञ्जका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाइ वीरगञ्जबासीले एकसय किलोको फुलकोमाला लगाएर सम्मानका साथ बिदाइ गरेका छन् । संयुक्त नागरिक सम्मानको आयोजनामा बीरगंजको मुटुकोरुपमा प्रख्यात माइस्थान मन्दिर अगाडी बिहिवार एक कार्यक्रमको आयोजनागरी खनाललाइ उक्त बिशालमाला लगाइ सम्मान गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि बाबुलाल चाचान र कार्यक्रमका सभापती नागरिक अगुआ डाक्टर दिपक शाक्यले केही मानिसको सहयोगमा सुन्दै आशचर्य लाग्ने एकसयकिलो फुलको माला एसएसपी खनाललाइ लगाएका थिए । पछिलो संबिधान सभाको निर्वाचन पछी बिभिनन बिषेश माला नेताहरुमा प्रयोग हुदै आएकोमा एकसय किलोको एउटै माला ग्रहन गर्ने सौभाग्य पाउने सम्भवत नेपाल प्रहरीको खनाल पहिलो अफिसर हुन । सो अवसरमा मारवाडी युवा समाज,नागरिक समाज,मधेशी पत्रकार संघ,नेपाल रेडक्रस सोसायटि,लगायत एकदर्जन बढी संघ संस्थाले उनलाइ फुलको माला,दोशला ओढाइ सम्मान गरेका थिए । खनाल जनतालाइ शान्तिसुरक्षाको प्रत्याभुति दिलाउनमा मात्र सिमित नरही नारायणीलाइ अपराध मुक्त,तस्करीमुक्त,अपहरण मुक्त,चन्दा आतंक मुक्त,तस्करी मुक्त गराउन अहोरात्र खटेर उक्त घटनाहरु न्युन गराएकाले सम्मानित गरी उनीमाथी थप जिम्मेवारी दिएको कार्यक्रमका वकताहरुले बताएका थिए । मात्र २० महिना बसाइको अवधीमा पुरै अञ्चलका जनताका साथै शान्तिसुरक्षाको दृष्टीकोणले अत्यन्तै संबेदनशिल मानिने बिरगंज र बाराका उधोगपतीलाइ प्रत्यक्षरुपमा जिउधनको शान्तिसुरक्षाको अनुभुति दिलाएको वक्ताहरु तथा स्थानियहरूले वताएका थिए ।
सो क्षेत्रको बाटो साँघुरो हुँदा,बिधुत नआउदा,नाला जामहुदा,टोलमा फोहर बढ्दा बीरगञ्जेलीहरु नगरपालिका नगइ सिधा अञ्चल प्रहरी कार्यालय जानेगरेको उनीहरुले जिकिर गरेका थिए । क्षेत्रको कमाण्ड डिआइजिले गर्ने अञ्चल मात्र पाँचजिल्लाका प्रहरी प्रमुखलाइ निर्देशन दिने कार्यालय बुझदै आएकोमा एसएस्पी खनालको सकृयता देखेर उसको काम कर्तब्य बारे आफुहरुलाइ जानकारी भएको कैयौले बताएका थिए। शान्तिसुरक्षाका साथै सामाजिक बिकृती हटाउन उनको ठुलो भुमिका रहेको बताउदै सराहना गरेका थिए । कार्यक्रमका बिशिष्ट अतिथि सर्वेन्द्र खनाल भाव बिभोर हुदै २०४६ सालको जागिरे जिवन देखी आजसम्मको बसाइको क्रममा बिरगंजबासीको सदासयता कहिलै बिर्सिन नसकिने बताएका थिए । नारायणीमा बसेर यत्रो सम्मान पाउनुमा समग्र नेपालप्रहरीको भुमिका रहेको बताएका थिए । मधेशका निमुखा आफनो आवाज राख्न नसक्ने जनताको दुखलाइ मात्र सुनिदिए समग्र मधेशी जनता प्रहरीको ठुलो सहयोगी हुने बिचार राखेका थिए ।
सुन्य सहन शिलताको अवधारणा अनुरुप जनतालाइ दुख दिने,अनावश्यक आर्थिक लाभ लिन चाहने कतिपय प्रहरीलाइ कार्यवाही गरेको चर्चागर्दै उनले गलत कृयाकलापमा न लाग्न मातहतका सबै प्रहरीलाइ खनालले चेतावनी समेत दिएका थिए । नागरिक अगुआ डाक्टर शाक्यको सभापतितवमा सम्पन्न कार्यक्रममा उधोगपती बाबुलाल चाचान,नेपाल पत्रकार महाशंघ पर्साका अध्यक्ष श्याम बनजारा लगायतकाले खनाल मात्र प्रहरीको नभइ अशल समाज सुधारकका्े भुमिका खेलेको् बताएका थिए। उनको अथक प्रयासले नारायणीको मात्र नभइ नारायणी संग जोडिएको भारतिय समेत प्रत्यक्षरुपले शान्तिसुरक्षाको अनुभुति गरेको दाबी गरेका थिए । कार्यक्रममा पर्सा,बारा,रौतहट र सिमावर्ती भारतका सैयौ मानिसको सहभागिता रहेको थियो । - रातोपाटीमा खवर छ


0 comments
Write Down Your Responses