कट्रिना कैफ र रणवीर कपुर लिभिङ टुगेदर
काठमाडौ, आश्विन २ -
एजेन्सी, वलियुड चर्चित कट्रिना कैफ र रणवीर कपुर लिभिङ टुगेदरमा छन् ।
कट्रिना कैफ पछिल्लो पालि रणवीर कपुरसँग रिलेसनसिपमा छिन्। केही वर्षयता उनीहरू निकै निकट रहे पनि यसबारे दुवै तैं चुप् मै चुप् रहँदै आएका थिए। तर, अभिनेत्रीले पहिलो पल्ट सार्वजनिक रूपमा मुख खोलेकी छन्। रणवीरसँगको आफ्नो समीकरण उजागर गर्दै उनले यी अभिनेता आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको बताएकी छन्।
आपसमा निकै लुकामारी खेलिरहे पनि रणवीर र कटि्रनाको सम्बन्ध चार महिनाअघिसम्म अनुमानमै सीमित थियो। तर, स्पेनको समुद्री किनारमा बिताएका अन्तरंग क्षणका तस्बिरहरू सार्वजनिक भएपछि त्यो छताछुल्ल भयो र भारत फर्केपछि उनीहरू लिभिङ टुगेदर रिलेसिनसिपमा रहन थाले। त्यसयता उनीहरू सार्वजनिक कार्यक्रमहरूमा पनि देखिँदै आएका छन्।


0 comments
Write Down Your Responses