बिकासको संभावना रहेर पनि किन पिछडिएको छ पोखराको काखमा रहेको लाहाचोक ?


अविश अधिकारी (भीम) पोखरा
सेती नदी नाम नसुन्ने को नै होला र? अति पवित्र गंगा नदिले फन्को मारेको लाहाचोक आखिर किन बिकासमा पछाडी छ? प़श्न गम्भिर छ! जम्मा ९ किलोमीटरको दुरीमा पोखरा छ पोखरा बिकासको चरम बिन्दुमा छसगैको हेम्जा नगरमा परिणत छ तर लाहाचोक किन सुस्त हुन पुग्यो भन्ने बिषयमा कोही गम्भीर भएको देखिदैन! आम्दानीको प़याप्त बाटोहरु छन तर सदुपयोग गर्दा पनि ठोस ठाउमा लगानी गरिएको छैन! पर्यटकिय दृष्टीले रमणिय स्थल हो तर पनि प़चार प़सार हुन सकेको छैन!
पातिखोला गुफा बान्टाकुर मन्दिर देउराली मन्दिर अनि अर्मलाको चिया बगान बिसेस गरी पर्यटकको लागी हेर्न र घुम्न लायक ठाउहरू पर्छन तरपनि प़चार हुन नसक्नु ठुलो बिडम्बना हो अझ भन्नु पर्दा २०३० सालदेखी नमुना स्कुलको रूपमा किताबको पनाहरूमा महेन्द़ मा.वि. को तस्विर सहित
पठ्न पाउथ्यौ यस्तो सुन्दर ठाउ हो लाहाचोक । प्राणरक्षक पानी जुन पोखारा सप्लाई गरिएको छ यहि भुमीमा छ बाँध यही भुमी बाट पोखेरेली जनताले पिउनु हुन्छ तर किन सोचीदैन लाहाचोकमा बिकास  ?यहा अलिकति सानो कुरामा पनि राजनिती हुन्छ भन्छन यसैको प़भाव ले पनि हो!
बिलकुल राजनिति र बिकास फरक पाटोहरू हुन बिकासलाई राजनितिक रुपमा हेर्नु हुदैन भन्ने
मेरो मान्यता हो तर हेरिन्छ नै! जि.बि.स ले हजारौट ट़क ढुंगा बालुबा यहि भुमीबाट निकासी गर्छ तर यस ठाउको बिकासको लागी केही सोचिदैनयो दुखत कुरा हो! गाई को दुध खाएपछि गाई लाई घासँ दिनु पर्छ यो सम्बन्धित निकायले बुज्न
जरूरी छ! १५ वर्ष भयो गाडी हिड्ने बाटो कोरेको तर पक्की अझै हुन सकेछैन ।
दुर्भाग्य ,  कुनै निकायको चासो नहुनु नै हो मिडीयाको ध्यान जान जरूरी छ! मेम्जा समिबगर पिच भनेर सरकारको रातो कितावमा कालो मसी कोरियको आज २१ वर्ष भयो मैले खुदै रेडीयो नेपालबाट सुनेको थिय त्यो त्यतिकै सेलायो आज सम्म कच्ची बाटो नि स्थायी हुन नसक्नु ठुलै दुरभाग्य हो यसको कारण
राजनितिक अस्थिरता सगै स्थानिय सरकार मौन रहनु नै हो कुनै दुई मत छैन! माछापुच्छै हिमालको काख अनि फेवातालको सिरानीमा रहे पनि कुनै बिकासको खुड्कीलो पार हुन सकेको छैन! झन्डै २०० मेक्टिक्टन चामल
पोखरा खपत हुन्छ कयौ केजी तरकारी निकासी हुन्छयदि बाटोको मात्र सुबिधा हुने हो भने पनि यहाँका जनताको सास्थीमा हल्का हुने थियो! यहि बाट दैनेक लाखौ लिटर पनि पोखरा जान्छ तर यहा राम्रो खाने
पानीको सुबिधा छैन यति धैरै चामल निकासी हुन्छ तर यहा सिचाईको ब्यवस्था छैन! दोसी को ? प़श्न गर्न मन लाग्यो! अन्तमा राजनिति होस तर गाउमा बिकासको लागी नहोस जसरी अहिले
मौन छ स्थानिय ईस्वरले जागुरूप बनाईदिउन लाहाचोकबाट जसरी सेवा उपभोग गरीयको छ कृपया खाली बोक़ा सरी नफालियोस । सेवा लियपछी सेवा पनि दिन जानियोस! पर्यटकिय प़चुर सम्भावना रहेको बस्तु ठाउलाई संरक्षण एव जीणो द्धार गरीयोस! सिचाई
खानेपानि बिजुली शिक्षा एबं बाटोको बिकासमा ध्यान सबै निकायको जओस मेरो हृदयआत्म देखी हार्दिक शुभकामना!!


0 comments

Write Down Your Responses