इजरायलको रोजगारी खुल्ला गर्नको लागी काठमाण्डौमा वार्ता हुदै
इजरायलको रोजगारी नेपालीहरूको लागि वन्द भएको ५ वर्ष भएको छ ।
इजरायलमा सरकारी तहबाट कामदार पठाउन मोडालिटी तयार गरिने भएको छ । यसका लागि दुईदेशबीच आइतबारदेखि काठमाडौंमा वार्ता सुरु भएको छ । कामदार लिने विषयमा छलफल गर्न नेपाल आएका इजरायलका दुई सदस्यीय सरकारी अधिकारीसहित नेपालका लागि इजरायली राजदुत सम्मिलित टोलीले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ लगायत मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटवार्ता गरेका छन् ।
वार्ता सोमबार पनि जारी रहनेछ । इजरायलले विगत ४ वर्षदेखि कामदार लिएको छैन् । - अन्नपूर्ण पोस्टवाट


0 comments
Write Down Your Responses