वोगटीको निधन , ३ दीन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने


एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको उपचारको क्रममा सोमवार विहान  निधन भएको छ ।  उहाँको उपचारत  नर्भिक इन्टरनेशल अस्पतालको उच्च स्रोतले चिकित्साशास्त्रको परिभाषामा उनको मृत्यु (क्लिनिकल्ली डेथ भइसकेको जानकारी  हिजो नै दिएको थियो ।   बोगटीको पार्थिब शरिरलाई श्रद्धाञ्जलीका लागि अहिले एमाओवादीको पार्टी कार्यलय पेरिसडाँडामा राखिएको छ भने  श्रद्धान्जली दिन प्रधानमन्त्री  शुसिल कोइराला  लगायतका नेताहरू पेरिस डाँडा पुगेका छन् ।

एमाओवादीका हुनहार नेताको निधनमा सरकारले अधिराज्यभरी ३ दीन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ  । । बोगटीको अन्त्येष्टि आजै साँझ पशुपति आर्यघाटमा  गरिने जनाईएको छ । बोगटीको हृदयघातको अवस्था सुधार आएपनि मष्तिष्कघातले गर्दा अवस्था गम्भीर बन्दै गएको  थियो ।   हृदयघात र मष्तिष्घातपछि बोगटीलाई चारदिनअधि नर्भिकमा भर्ना गरिएको थियो ।

,

0 comments

Write Down Your Responses