आरोहीलाई जिउदै खोलामा फाल्ने कस्ती आमा ?

भारतिय एजेन्सी ,

छोरा र छोरीविचको लैंगिक विभेदमा समाज अझै पनि ग्रसित रहेको छ । यसको उदाहरण हो छोरालाई हुर्काउन छोरीको हत्या भएको छ ।  ६ महिनाकी छोरीलाई हत्या गरेको आरोपमा  भारतिय प्रहरीले  ऋतु नाम गरेको महिलालाई पक्राउ गरेको छ  । वयानमा ती महिलाले छोरालाई हुर्काउन समस्या भएको समयमा छोरी जन्मिएको र छोरालाई समय दिन नसकेको कारण हत्या गरेको स्विकार गरेकी छिन् ।
चार वर्षको छोरालाई हुर्काउनका लागि छोरीलाई जिउँदै खोलामा फालेको   स्विकार गर्ने ती महिलाले   घटना  निकै नाटकिय ढङ्गले  प्रस्तुत गरिन् ।। गत सेप्टेम्बर ७ मा  आफ्नी ६ महिनाको छोरीको अपहरण भएको खबर पुलिसलाई दिएकी थिइन् । मोटरसाइकलमा सवार व्यक्तिहरुले आफ्नी छोरीको अपहरण गरेको उनले रिपोर्टमा दर्ता गरेकी थिइन् । पुलिसले उक्त घटनाको निकै छानबिन गर्दा पनि केहि सुराग नभेटेका कारण महिला बस्ने इलाकाको सिसिटिभी फुटेज हेरे ।  फुटेजकै आधारमा   प्रहरीले  ती बालिकाको आमामाथि नै शंका गरे । त्यसपछि पुलिसले गत मंगलबार ती महिलालाई निकै कडाइका साथ सोधपुछ गरे । ऋतुको बयानले पुलिसलाई नै चकित बनायो । उक्त महिलाका अनुसार उनको चार वर्षको छोरालाई हुर्काउन नै समस्या भइरहेको बेलामा आरोहीको जन्मले थप तनाव पैदा गरेका कारण घरमा कोही नभएको मौका पारी उनले ती दुधे बालिकालाई उर्लिएको खोलामा जिउँदै फालिदिइन् ।
 ऋतुको बयान पछि पुलिस सिधै घटनास्थलमा पुगे । घटनास्थलको माहोल सबैलाई स्तब्ध पारिदिने प्रकारको थियो । त्यहाँ उनीहरुले आरोहीको हड्डी, लकेट, डाइपर र लुगाको टुक्राहरु फेला पारे । आरोहीको शवलाई जनावरहरुले खाइसकेका थिए, उनको शवमाथि किराहरु सलबलाइरहेका थिए । उक्त ठाउँबाट पुलिसले आरोहीको हड्डी, लुगाको टुक्रा, मासुका केहि टुक्रा र रगत लागेको माटो बरामद गरेका छन् । उक्त घटनाले समाजमा समस्त नारीहरूमाथी नै प्रष्न उभिएको छ । कस्ती आमा हुन् यिनी ।

0 comments

Write Down Your Responses