एक थुङ्गा फुल पनि चढाउन पाईएन , अन्तिम पटक एक झल्को हेर्न पनि पाईएन श्री लाई
काठमाडौं ।
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको सुनेपछि बिहवल भएका धेरै कलाकारले एक थुंगा फूल चढाएर अन्तिम दर्शन गर्ने चाहना राखेका थिए । तर, दिनभरि प्रयाश गर्दा पनि सम्भव भएन । शुभचिन्तकको अत्याधिक भिड भएको कारण हातमा लिएको फुल हातमै ओइलायो, अन्तिम पटक अनुहार हेर्ने धोको पुरा भएन धेरैको ।
काठमाडौंमा दुई बजे श्रीकृष्णको शव आइपुग्ने खबरसँगै धेरै कलाकार तथा श्रीमका शुभचिन्तक प्रज्ञा प्रतिष्ठानमा बिहानैदेखि जम्मा भएका थिए । पुराना रंगकर्मी प्रचण्ड मल्लदेखि अभिनेता राजेश हमालसम्म प्रज्ञा प्रतिष्ठानमै उभिए हातमा फूल लिएर । पहिलो निर्धारित कार्यक्रम अनुसार श्रीकृष्णको शवलाई तीन घण्टा प्रज्ञा प्रतिष्ठानमै राख्ने र त्यहीँ कलाकारहरुले अन्तिम श्रद्धान्जली दिने कार्यक्रम थियो ।
‘एक थुंगा फुल चढाउने सपना पुरा नभएकोमा दुःखी छु, तर, नेपाली दर्शकले उहाँप्रति जुन सद्भाव ब्यक्त गरे त्यही हेरेर चित्त बुझाएँ’- नायिका निशा अधिकारीले भनिन् ।
करिष्मा मानन्धर, नीर शाह, रमेश बुढाथोकी, चैत्यदेवी, रुपा राना, अरुणिमा लम्साल, शिबहरि पौड्याल, दयाहाङ राई, मदनदाश श्रेष्ठ, नम्रता श्रेष्ठ, सौगात मल्ल लगायत अरु धेरै कलाकारको धोको थियो-अन्तिम पटक उनको अनुहार हेर्नु र एक थुंगा फूल चढाउनु ।
समाजसेवी अनुराधा कोइराला, राजनितिज्ञ पशुपति शमसेर जबरा, कृष्णबहादुर महरा, हिसीला यमी, अग्नि सापकोटा लगायतले पनि दर्शकको भिडकै कारण फूल चढाउने सपना थाँती राख्दै बाहिरिए ।
उनीहरूमध्ये केही भने पशुपति आर्यघाटसम्म पुगेर पि्रय नायक श्रीकृष्ण श्रेष्ठप्रति अन्ति श्रद्धान्जली दिएका छन् । राति निकै काटिसक्दा समेत आर्यघाटमा उनलाई श्रद्धान्जली दिनेको ठूलो उपस्थिति थियो ।
0 comments
Write Down Your Responses