आदिबासी जनजाति जुर्मुराउने बेला भयोः आङकाजी
मोरङ, साउन २६–
आदिबासी जनजातिहरु हरेक कुरामा पछि परेका कारण अब आदिबासी जनजातिहरु जुर्मुराउने बेला आएको आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष आङ्गकाजी शेर्पाले बताएका छन । हरेक सेवा सुबिधा देखि लिएर हरेक क्षेत्रमा आदिबासी जनजातिहरु दमित भईरहेको अबस्थामा आफुहरु जुर्मुराउने बेला भएको उनले बताए ।२० औ बिश्व आदिबासी दिबसका अबसरमा आज मोरंगको बेलबारीमा १ दिने साक्षात्कार तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । बेलबारी २ स्थित तमु बौद्ध गुम्बामा बिश्व आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा सम्पन्न कार्यक्रममा शेर्पा लगायतले बोलेका थियो ।

0 comments
Write Down Your Responses