सप्तरी, साउन २६ –
कञ्चनरुप नगरपालिका–८ स्थित रुपनगरमा एउटा बाछीले बिना ब्याएरै दूध दिन थालेपछि स्थानीय जनता अचम्मित बनेका छन् । गाईलाई दूध दिन बाछा वा बाछी जन्मिनु पर्दछ तर, गर्भाधारणसमेत नगरेको बाछीले एक्कासि दूध दिन थालेपछि स्थानीय जनता अचम्मित बनेका हुन् । कञ्चनरुप नगरपालिका–८ निवास मुरारी पोखरेलले पालेको बाछीले विगत दुई महिनादेखि दूध दिँदै आएको छ । “थुन बाक्लिएको देखेपछि छुन जाँदा दूध पो निस्कियो,” पोखरेल भन्नुहुन्छ – “त्यसपछि दूध दुहुन थाल्दा दुई लिटरसम्म दूध निस्कियो ।” गत २०७१ जेठ महिनादेखि दूध दिन थालेको बाछीले अहिले दैनिक चार लिटरसम्म दूध दिँदै आएको पोखरेलको भनाइ छ । उनले भने – “गत २०७० फागुनमा बाछीसँग साँढे लागेको थाहा छ, तर बाछीले अहिलेसम्म गर्भाधारण गरेको छैन । नब्याएरै बाछीले दूध दिन थालेपछि त्यो हेर्न दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ ।” बिहान दुई लिटर र बेलुका दुई लिटर गरी बाछीले दिने चार लिटर दूध पोखरेलको परिवार आफैले उपभोग गर्दै आएका छन् । अन्य गाईको भन्दा बाछीले दिएको दूध राम्रो भएको उहाँको भनाइ छ । गत २०६९ मा गाउँमै नन्दराज सङ्ग्रौलाको घरमा पुराण लागेको थियो । सङ्ग्रौलाले पुराण वाचन गर्ने पण्डितलाई दान गरेको यो बाछी पण्डितले घर टाढा रहेको भन्दै पोखरेललाई रु पाँच हजार ५०० मा बेचेका थिए ।रासस
कहिल्यै नव्याएको कोरली वाच्छीले दुध दिन थालेपछी ...........

0 comments
Write Down Your Responses