- देवर भाउजुको भनेर अगाडी वढेको सम्वन्ध प्रेममा वदलिएपछी ....?अर्पण भन्छन्,‘मैले अहिले नै ‘चरी’ मरोस भनेर चाहेकै थिइनँ’


खुश्वुसँग सम्बन्ध जोड्ने इच्छा नभएको स्पष्टोक्ती



चरी इन्काउन्टरसँगै चर्चामा आएका अर्पण कोइरालाले चरी तत्काल मरोस् भनेर आफुले नचाहेको पष्ट पारेका छन् । चरीलाई प्रहरीले पक्राउ गरेर जेलमा राखोस् र कानुनी कारबाही गरोस् भन्ने आफ्नो चाहना भए पनि प्रहरीले उसलाई मारेको उनले बताए । उनले चरी मार्नको लागि आफुले रिसको आबेगमा धम्की दिए पनि बास्तबमा आफ्नो भित्री इच्छा चरी मार्ने नरहेको प्रष्ट पारेका छन् । ‘चरीसँग मेरो झगडा भएको हो । उसले पनि मलाई मार्छु भनेको थियो ।मैले पनि भनेको थिएँ’ नयाँ पत्रिकासँग टेलिफोन कुराकानी गरेका अर्पणले भनेका छन्,‘त्यो एउटा झगडाको बेला थियो,रिसमा बोलेको कुरा ब्यवहारमा उतार्न को हिँड्छ ? कसले सक्छ ? म ढाँट्न सक्दिन् । म चरीलाई प्रहरीले पक्राउ गरोस् र जेलमा राखोस् भन्ने चाहन्थेँ । तर मैले चाहनु र नचाहनुको के अर्थ छ र ?’ अर्पणले खुश्वुलाई धम्क्याएर पठाइएका भनिएका कतिपय इमेल आफुले पठाएको भए पनि केही उनी स्वयंयले बनाएको दाबी गरेका छन् । चरी र खुश्वुले आठ वर्ष लामो माया र सपना लुटेकाले आफुले विक्षिप्त भएर त्यस्तो हर्कत गरेको उनले स्वीकारे । उनले खुश्वुलाई चरीले खोसेपछि आफु विरामी नै परेको बताउँदै पछि आफु सम्हालिएको बताएका छन् । उनले गुमाएको पुरानो माया आफुले नचाहेको समेत स्पष्ट पारेका छन् । ‘चरी र खुश्वुले मेरा आठ वर्ष लामो माया लुटे,मेरो सपना लुटे । म त्यतिबेला विक्षिप्त भएको थिएँ । म विरामी नै परेँ,तर जीवन यस्तै हो,चल्दै जान्छ भनेर मैले आफुलाई सम्झाएको छु । अब मैले गुमाएको माया पाउनु छैन । अगाडि बढ्नु छ । अगाडि बढ्न चरीको जस्तो बाटो रोज्नुपर्छ भन्ने मलाई लाग्दैन । मेरो त्यो हैसियत पनि छैन’ अर्पणले नयाँ पत्रिकासँग भनेका छन् । अर्पणले आफु पहिले लागु औषधको दुव्र्यसनी भएको र आठ वर्षअघि लागुऔषध पुनस्र्थापना केन्द्रमा उपचार गराउने क्रममा नार्कोनन नेपाल मार्फत खुश्वुसँग चिनाजानी भएको समेत बताएका छन् । ‘म बास्तबामा नार्कोनन्को स्टाफको रुपमा काम गर्न थालेको थिएँ । त्यहीँ बेला राष्ट्रिय सभागृहको कार्यक्रममा खुश्वुसँग भेट भयो ।हामीले एकअर्कालाई फोन नम्बर लियौं । पटकपटक भेट्यौं । र हाम्रोे सम्बन्ध विस्तार हुँदै गयो,’ अर्पणले प्रेम सम्बन्ध विस्तारबारे बताएका छन् ।अर्पणले खुश्वु आफ्नो खुशी भएको भन्दै आफुले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा लाखौं खर्चेर पढाएको समेत बताएका छन् । ‘खुश्वु मेरो भविष्य हुन् भन्नेबाहेक मलाई केही थाहा थिएन । आफ्नो खुशीका लागि खर्च गर्नु सबैले कर्तव्य सम्झन्छन्, मैले पनि सम्झे’अर्पण भन्छन् । अर्पणले चरीसँगको सम्बन्ध विकासबारे पनि बोलेका छन् । उनले साथीभाइ भेट्न अन्नपुर्ण होटलमा जाने क्रममा चरीसँग चिनजान भएको र उनको आनीबानी उनको आम छबीभन्दा निकै पृथक रहेकाले पछि सम्बन्ध निकै प्रगाढ बनेको बताएका छन् । उनले सम्बन्ध सुमधुर हुँदै गएपछि चरीलाई गाडी र घर किन्न समेत आफुले सहयोग गरेको खुलासा गरेका छन् । ‘म साथीलार्य भेट्न अन्नपुर्ण होटलमा गइरहन्थे । उ डन हो भन्ने मलाई थाहा थियो । तर एकदिन चिनजान गर्दा निकै भलादमी लाग्यो । म छक्क परेँ । खुँखार गुन्डा भनेर चिनिएको मान्छे पनि यति भलाद्मी हुन्छ भनेर थाहा पाउँदा मलाई राम्रै लाग्यो । त्यसैले हामी साथीका रुपमा नजिकियौं । हाम्रो मित्रता झाँगिएपछि मैले सकीनसकी उसलाई परेको बेला सहयोग गरेँ । उसले ८५ लाखमा भक्सवागन गाडी किन्न खोज्यो,तर माछापुच्छ«े बैंकले ३५ लाख रुपैयाँ डाउनपेमेन्ट मागेको थियो । त्यो ३५ लाख नै मैले दिएको हो । भैसी पार्टीमा घर बनाउँदा पनि मैले सहयोग गरेको थिएँ’ अर्पणले चरीसँगको विकसित सम्बन्धबारे यसरी बताएका छन् । अर्पणले एक दिन आफुले खुश्वुलाई अन्नपुर्ण होटलमा लिएर गएको र त्यही चरी र खुश्वुबीच परिचय भएको बताएका छन् । अर्पणले सुरुमा खुश्वुलाई चरीले भाउजु भनेर रेस्पेक्ट गर्ने भए पनि पछि आफुले अकल्पनिय धोका पाएको बताएका छन् । ‘‘एक दिन खुश्वुको घरमा पनि दिनेशलाई लिएर गएँ । उसलाई देखेर खुश्वुका बाबुआमा,दाजुभाउजु सबै दंग पर्नुभयो । तर देबर भाउजु भन्ने चरी र खुश्वुको सम्बन्ध बढेछ । मैले लामो समयसम्म पत्तै पाइनँ’अर्पर्ण भन्छन् । अर्पणले ६ महिनाअघि मात्रै चरी र खुश्वुले आफ्नो खुसी लुटेर धोका दिएको आफुले थाहा पाएको बताएका छन् ।‘धेरै पुनारो कुरा पनि होइन । ६ महिना अघि म कामको सिलसिलामा दिल्लीमा थिएँ । खुश्वु र मेरोबीच असाध्यै राम्रो समझदारी थियो । हामी एक–अर्काका फेसबुक चलाउँथ्यौं । एकदिन अष्ट्रेलियाको एकजना साथीसँग च्याट गर्नुभएको रहेछ । त्यसमा लेखिएको थियो– What a waste of time it was,Iwas having relation with such a dumb person for 8 long years . But now iam in love with Dinesh Adhikari Chari . He is so romantic and our love is on the air . यो देखेर म छाँगाबाट खसेजस्तै भएँ । त्यो बेला मैले आँखा देखिनँ । यो संसारमा विश्वास भन्ने चिज केही नै हुँदोरहेनछ भन्ने लाग्यो । खुश्वुलाई जथाभावी गाली गरेँ’ अर्पणले सम्बन्ध बिग्रनुको चुरो कारण खोतल्दै भनेका छन् -
रातोपाटीमा खवर छ

0 comments

Write Down Your Responses