वावु कोमामा, आमा पोईल गईन् , छोराछोरीको विचल्ली ..
![]() |
तीन छोराछोरी |
'नातिनातिना हेरौं कि छोराको सेवामा बसुँ, घरमा एक चिम्टी अन्न छैन,' उनकी वृद्धा आमा माया सार्कीले भनिन्, 'चन्दाको भरमा बस्नुपरेको छ, चन्दा पनि कति कसलाई मागौं।' वीर अस्पतालका डाक्टरले उपचारको कुनै औचित्य नभएको भन्दै डिस्चार्ज गरेका छन्। 'अस्पतालमा डाक्टरले केही उपाय छैन, उनको उपचार गर्न तपाईंको घरखेतले पनि पुग्दैन
भने।' रामकृष्णका बुवाले भने, 'डाक्टरले घर लगेर राख्नुस् भनेपछि ३ महिनामा घर ल्याइएको हो।' अहिले बिहान र बेलुका हातमुख जोर्न पनि समस्या भएको उनले बताए। 'साउदीमा राम्रै कमाइ थियो, आफ्नै पेसा भएकाले पनि सजिलो छ भन्थ्यो,' उनकी आमाले रुँदै भनिन्, 'अहिले छोराको यो अवस्था छ, टुलुटुलु हेरेर मात्र बस्छ, हाम्रो स्याहारसुसार गर्नुपर्ने बेलामा उनलाई हेर्नुर्परेको छ।' उनी साउदीमा जुत्ता सिलाउने काममा गएका थिए। गाउँले सबैको २००/५०० रुपैयाँ चन्दामा बस्नुपरेको आमा-बुवाको गुनासो छ। उनका छोराछोरी १५ वर्षीया सविता, १२ वर्षीय सरोज र ८ वर्षीया सलिना बिहान, बेलुका बुवाको स्याहारमा हुन्छन् भने, दिनभरि बिरामीको सेवामा आमा-बुवा कुरिरहेका हुन्छन्। भएको जग्गाजमिनको अन्नले पनि नपुग्ने उनीहरू बताउँछन्।
आजको इकान्तिपुरमा खवर छ
0 comments
Write Down Your Responses