पशुपतीमा भावुक हुदै मोदीले के लेखे आगन्तुक पुस्तिकामा हेर्नुहोस्
काठमाडौं, साउन १९ –
"वाग्मती तट पर स्थित पशुपतिनाथ का यह मन्दिर आस्था और विश्वासका अद्वितीय केन्द्र हैं । स्कन्द पुराण के हिमवत् खण्ड में कहाँ गया है कि काशी विश्वनाथ और पशुपतिनाथ एकही रुपम हैं । श्रावण मास, शुक्ल पक्ष, अष्तमी को इस पावन तिथि में यहां आकर मैं भाव–विभोर महसुश कर रहा हुँ । नेपाल और भारत को जोड्ने बाले पशुपतिनाथ की कृपा दोनों देशों के जनमानस पर बनी रहे, यही मेरी कामना है ।"
यी शब्दहरू प्रधानमन्त्री नरेन्द्र मोदीको हो । आज विहान पशुपतिनाथको दर्शन गर्न गएका बेला मोदीले आगन्तुक पुस्तिकामा आफ्नै सन्देश लेख्दै उनले नेपाल र भारतलाई भारतलाई जोड्ने पशुपतिको कृपा दुवै देशमाथि रहोस् भनि कामना गरेका छन् ।
४५ मिनेटसम्म पशुपतिनाथको मन्दिरमा पुजा गरेर फर्किने क्रममा मोदीले त्यहाँको आगन्तुक पुस्तकमा उनले श्रावण मास, शुक्ल पक्ष, अष्टीमीको यस पावन अवसरमा आफू भावा विभोर भएको उल्लेख गरेका थिए । मोदीको पुजा कार्यक्रममा १५० जना पुजारीले भाग लिएका थिए र त्यहाँ उनले रुद्राभिषेक र पंञ्च स्नान गरेका थिए ।



0 comments
Write Down Your Responses