घरमालिकवाट १४ वर्षिया किशोरी वलात्कृत


कञ्चनपुर, साउन २७– 
भीमदत्त नगरपालिका १२–ऐरीमा ४ वर्षदेखि काम गर्दै आएकी १४ वर्षिया बालिकाले मालिकबाटै यौनशोषणमा परेको आरोप लगाएकी छिन् । पीडित बालिकाले उनलाई घरमालिक वसन्त रावलले पटकपटक बलात्कार गरी गर्भवतीसमेत बनाएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकी हुन् । गत वैशाख २ गते रावलकी श्रीमती माइत गएको बेला पहिलोपटक बलात्कार गरेको पीडित बालिकाले बताइन् । आन्टी घर नभएका बेला जबरजस्ती गरेको हो,’ पीडित बालिकाले रुदैं भनिन् । रावलले उक्त कुरा कसैलाई भने उनकै घरमा काम गर्ने बालिकाका बुबा र भाइलाई पनि निकालिदिने धम्की दिएपछि कसैलाई नभनेको उनले बताइन् । उनी अहिले महेन्द्रनगरस्थित आश्रय लिएर बसेकी छिन् । वैशाखदेखि नै महिनावारी हुनु रोकिएकी ती बालिकालाई रावलले पटकपटक बलात्कार गरेपछि घरबाट भागेकी थिइन् । ‘उनी घरबाट भागेपछि भारतको बनबासमा पनि सामूहिक बलात्कारमा परिन्,’ पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिँदै महिला तथा वृद्व केन्द्रकी अध्यक्ष शारदा चन्दले भनिन्, ‘सेफ हाउसले बालिकालाई इप्रका गड्डाचौकीको जिम्मा लगाएको हो ।’ आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ। - 

0 comments

Write Down Your Responses