आफुले वलात्कार पछी हत्या गरेको स्विकारे थापाले
प्रेम सुनार
गुल्मी , साउन २७– गुल्मीको हर्मिचौरमा एक ४० वर्षका पुरुषले जन्मजात वोल्न नसक्ने ६० वर्षिया वृद्धाको हत्यापछि बलात्कार गरेको खुलासा भएको छ । ठुलोलुम्पेक गाविस वडा नम्वर–१ घर भई अर्वेनी–२ मा अस्थाई वसोवास गर्दै आएको ४० वर्षिय देबहादुर थापाले हर्मिचौर गाविस वडा नम्वर– ३, तल्लापोखरा निवासी ६० वर्षिया वृद्धा देउरुपा सापकोटाको हत्यापछि बलात्कार गरेको खुलसा भएको हो । हत्या गरी फरार निजलाई साउन २५ गते ठुलोलुम्पेकस्थित जेठानको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताए ।

उनको हत्याको अर्को दिन साउन २३ गते अर्वेनी–२ को गलवेसीमा एक विश्वकर्मा परिवारको घरबाट एक वोरा चामल र चारवटा भाले चोरेको कुरा आएपछि निजलाई प्रहरीले पछ्याएको थियो ।
‘उक्त दिन विहान वृद्धाका श्रीमान लक्ष्मीपति सापकोटा वेसी गएको मौकामा वोल्न नसक्ने वृद्धा देउरुपालाई निजले सुरुमा आई चिया पकाउन लगाएको र पछि नाकको फुली खोस्दै नाङ्गै पारेर बलात्कार गर्न खोज्दा उनि चिच्याएपछि निजले नजिकै रहेको कोदालोको पासोले टाउकोमा तिन पटक प्रहार गरी मारेको स्वीकार गरेका छन् ।’ – लम्सालले भने । ‘निजले छिमेकी जिल्ला स्याङ्गजामा पनि केहि अपराधिक क्रियाकलाप गरेको बुझिन भएको छ’ लम्सालले भने । त्यहाँको प्रहरीलाई पत्रचार गरेर उसका अन्य अपराधका घटना पनि खोजिनेछ ।
मृतकको परिवार निकै गरिब भएकोले सदरमुकामसम्म आउने खर्च समेत नभएपछि गाउँलेले सहयोग गरेको स्थानीय चतुर्भुज पाण्डेले बताए । उनका अनुसार ७९ वर्षिया श्रीमान लक्ष्मीपति सापकोटा गाउँमा मेलापात गर्ने र एक छोरा काठमाडौंमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । प्रहरी प्रमुख लम्सालका अनुसार निजले पहिलेदेखि महिलाहरुलाई एक्लै देख्यो कि समात्ने गर्दथे ।
0 comments
Write Down Your Responses