८ वर्षीया बालिको सामूहिक बलात्कारपछि हत्या.. आखिर कहिलेसम्म....?
काभ्रे, साउन ३१ –
काभ्रेमा एक ८ वर्षीया बालिको सामूहिक बलात्कारपछि हत्या भएको छ । शुक्रवारदेखि परिवारको सम्पर्कमा नरहेकी उग्रतारा ७ की बालिकाको शव खोजि गर्दै जाँदा शनिवार धनेश्वर मन्दिर छेउमै रहेको खल्टोमा ढुंगाले छोपिएको अवस्थामा भेटिएको हो । प्रहरीले शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या गरी फालिएको अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय १५ बर्षे रोशन बोगटी र युवराज लामालाई पक्राउ गरेको छ । घटनामा ४ जनाको संलग्नता देखिएको भन्दै फरार अन्यको खाजी जारी रहेको प्रहरीले जनाएको छ । -

0 comments
Write Down Your Responses