काठमाडौं,साउन२१–
एमाओवादी अध्यक्ष प्रचण्डले जतिसुकै अन्तरसर्घष भए पनि नेता बाबुराम भट्टराइले पार्टी नफुटाउने दाबी गरेका छन्। अनुशासन उल्लंघन गरेको भन्दै भट्टराई पक्षका २ नेतालाई कारबाही गरेको अर्को दिन मंगलबार आफ्नो निवासमा कुरा गर्दै उनले भट्टराइ अलग हुने कल्पनासमेत नगरेको बताए। ‘यो अवस्थामा पार्टी फुटाउनु हुँदैन भन्ने बाबुरामजीलाई राम्ररी थाहा छ। हामी २० औं वर्ष सँगै काम गरेका छौं। म र उहाँलाई एक अर्काबारे राम्ररी थाहा छ,’ उनले भने ‘हामी सँगै हुदाँ मात्र प्रगतिशिल संविधान जारी हुन सक्छ त्यो कुरा हामी दुबैलाई राम्ररी थाहा छ।’ स्थायी समितिको सोमबारको बैठकले भट्टराइ पक्षका नेता गंगाराम श्रेष्ठ र रामरिझन यादवलाई समानान्तर कमिटि गठन गरेको भन्दै तीन र एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। कारबाही गरी पार्टी विभाजनतिर लागेको भट्टराई पक्षले आरोप लगाइरहेका बेला प्रचण्डले आफु र भट्टराइले सँगै छलफल गरे कुरा मिल्ने दाबी गरे । ‘हामी दुईमा बैचारिक मतभेद छैन । केही जोड र कोणमा फरक परेको छ,’उनले भने,‘बाबुरामजी र म बस्यौं भने कुरा मिल्छ ।’ एमाओवादीमा विमतिहरुमा छलफल गर्न रोकावट नभएकाले आत्तिनुनपनृै उनले जनाए,आजको कान्तिपुर दैनिकमा खबर छ । -
प्रचण्डले भने वावुराम जीले ज्यान गए पार्टी फुटाउदैनन् , वावुराम जी र म संगै वस्यौ भने कुरा मिल्छ

0 comments
Write Down Your Responses