फेसवुकमा मोदीलाई वदनाम गराउन खोज्ने पक्राउ

भारतको माक्र्सवादी कम्युनिष्ट पार्टी (माकपा) का एक कार्यकर्ता राजेश कुमार (२४) लाई मंगलबार सोसल मिडिया साइट फेसबुकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बदनाम गरेको आरोपमा पक्राउ गरेको छ । आइएएनएससँग कुराकानी गर्ने क्रममा पुलिस अधिकारीले कुमारले फेसबुकमा आपत्तिजनक पोष्टमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई बदनाम गरेका कारण पक्राउ गरेको बताए । राष्ट्रिय स्वयंसेवक संघको कोल्लम इकाईका पदाधिकारी उमेश बाबुको उजुरीको आधारमा कुमारलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ । (एजेन्सी) -

0 comments

Write Down Your Responses