पिकनिक मनाउन गएका दुई परिवारका ११ जनाको वाढीमा वगेर मृत्यु


 भारतको भोपालमा पिकनिक मनाउन गएका दुई परिवारका  ११ जनाले वाढीमा वगेर  ज्यान गुमाएका छन्
 दागदरी झरना घुम्न गएका उनीहरु झरनाको पानीमा बगेका हुन् ।
 यसरी मृत्यु हुनेमा ३ वालवालिका, ५ महिला सहित ११ जना छन् । पानीले बगाएका ८ शव पुलिसले फेला पारेको छ भने  ३ जनाको शव भेटिएको छैन ।

जवलपुरमा होटल सञ्चालन गर्ने अंसारी इदको समय सकिए लगत्तै आफ्नो र ससुरालीको परिवारसहित १२ जना भएर पिकिनिकका लागि दमोह जिल्लामा पर्ने दगदरी झरना गएका थिए । उनीहरु त्यहाँ पुग्दा झरनाको पानी कम थियो । तर एक्कासी भएको भारी वर्षापछि झरनामा बाढी आयो र परिवारका सबैलाई बगायो ।
उनीहरु बगेको चालपाएपछी गाउँलेले प्रहरीलाई खवर गरेका थिए । तर एक महिला बाहेक कसैको पनि जिवितै उद्दार हुन सकेन ।

उद्दार गरिएकी एक महिलाको भने स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
यो झरनामा यस अघी पनि यस्ता घटना भएको र मानिसहरु आत्महत्याको लागि समेत यहाँ आउने गरेको बताइन्छ । तर त्यहाँ कुनै सुरक्षाका उपाय भने गरिएको छैन ।

0 comments

Write Down Your Responses