नेपाली कांग्रेस इटहरीका सभापति पक्राउ

सुनसरी, साउन २८–

आफनै सहकर्मीलाई अपहरण तथा ज्यान मार्ने धम्कीको आरोप सहित प्रहरीले नेपाली कांग्रेस इटहरी नगर सभापती हेमकर्ण पौडेललाई पक्राउ गरेको छ । फरार रहेका पौडेलको  प्रहरीले  खोजी गरिरहेको थियो भने आज जिल्ला अदालत सुनसरीमा बयानका लागि उपस्थित भएका वेला पक्राउ गरेको हो ।
 केही समयअघी इटहरी ८ का दुर्गा अधिकारीलाई ज्यानमार्ने धम्की तथा अपहरणको  आरोपमा प्रहरीमा मुद्धा दर्ता भएको थियो भने त्यसलगत्तै  पौडेल फरार रहेका थिए । फरार भए लगत्तै प्रहरीले मोस्ट वाण्टेडको  सुचीमा राखेर  खोजी गरिरहेकै बेला पौडेलले अदालतका सामु आत्मा समपर्ण गरेको र उनीमाथी थुनछेकको बहस सुरु गरिएको डिएसपी शर्माले बताएका छन् ।


,

0 comments

Write Down Your Responses