इबोलाले बनायो भारतीय डाक्टरलाई बन्धक, मद्दतका लागि हार गुहार

 (एजेन्सी)

नाइजेरियामा इबोला नामक घातक रोगबाट संसारभरी अहिलेसम्म दुई हजारभन्दा बढि मानिसहरुको मृत्यु भइसकेको छ । अहिले यो रोग नाइजेरियाको अबुजामा खतराको रुपमा उभिएको छ । रोग यति भयानक छ कि रोगको उपचारमा संलग्न डाक्टरहरु पनि निकै डराइरहेका छन् । अझ नाइजेरियामा त स्थिति यति खराब भएको छ कि त्यहाँका एक चर्चित अस्पतालले भारतका चार डाक्टरहरुलाई बन्धक नै बनाएको छ । नाइजेरियामा फसेका यी भारतीय डाक्टरहरुले मेल मार्फत भारतीय संचारमाध्यमलाई आफ्नो भिडियो पठाउँदै मद्दतको गुहार गरिरहेका छन् । नाइजेरियामा फसेका यी डाक्टरहरुलाई जबर्जस्ती इबोला पिडितहरुको उपचार गराइएको छ । अस्पताल प्रशासनले उनीहरुलाई सुरक्षा किट दिए बिना नै उपचार गराइरहेका छन् । यति मात्र होइन अस्पताल प्रशासनले उनीहरुको पासपोर्ट पनि खोसेर राखेका छन् । नाइजेरियामा फसेका चार भारतीय डाक्टरहरुले वाट्स एपमार्फत आफ्नो सन्देश भारतीय मिडियासम्म पुर्याएका थिए । नाइजेरियामा फसेका दिल्लीका चार डाक्टरहरुः योगेश चन्द्रा, दिनेश कुमा, हेमन्त जिंगर र कपिल चौहानले भिडियो मेसेज पठाएका थिए । आफ्नो भिडियो सन्देशमा यी डाक्टरहरुले आफ्नो ज्यान खतरामा रहेको जानकारी पनि दिएका थिए ।

,

0 comments

Write Down Your Responses