२८ साउन, काठमाडौं ।
अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टि सकिएको छ । मंगलबार पनि प्रत्येक चोक र चिया पसलमा श्रीकृष्णकै चर्चा भइरहेको छ । श्रीकृष्णले छाडेर गएकी नायिक श्वेता खड्काप्रति मानिसहरुले सहानुभूति देखाइरहेका छन् । पतिवियोगमा परेकी खड्का शोकविह्वल छिन् । प्रहरीद्वारा मारिएका दिनेश अधिकारी चरीको शव अझै शिक्षण अस्पतालबाट उठेको छैन । चरीकी प्रेमिका खुश्बु वलीको भावभंगीमा श्वेताको जस्तो कुनै शोक देखिएको छैन, उनी सार्वजनिकस्थलमा मज्जाले भाषण ठोकिरहेकी छन् । चरी मर्दा खुश्बु रोएको कतै देखिएन । श्रीकृष्णको अप्रत्याशित मृत्युको खबरले वास्तवमै बनायो धेरैलाई । विनाहिच्किचाहट धेरै मानिसहरु शवयात्रामा सरिक भए । शवयात्रामा सहभागी हुनकै लागि एअरपोर्ट गेटमै पुगेर घण्टौ कुरेकाहरुले ‘श्रीकृष्ण श्रेष्ठ अमर रहुन्’ भन्दै नारा लगाए । किशोर किशोरी मात्रै होइन, गृहणी र कतिपय वृद्ध आमाहरुले टेलिभिजनमा श्रीकृष्णको दृश्य देखेकै भरमा आँशु खसाले । श्रीकृष्णलाई सम्झेर रुने यी महिलाहरुको मन अहिले श्वेता खड्कामा गएर अडिएको छ । आफ्नै छोरीचेलीलाई पीर परेका बेला दुख मानेजसो गरी आँशु खसाल्दैछन् उनीहरु ‘बिचरी श्वेता’ भन्दै । तर, चरी मारिँदा परिवारजनमा रुवावासी भए पनि उनकी प्रेमिका खुश्बु रोइनन् । खुश्बुले झुटो बोलेकी होइनन् भने प्रहरी कारवाहीमा मारिएका चरी उनका प्रेमी हुन् । प्रेमी मारिँदा कस्तो पीडा हुन्छ, शब्दमा व्यक्त गरिरहन पर्दैन । खुश्बुले पटक-पटक भनेकी छिन् ‘चरी मेरो प्रेमी हो, ऊ मारिँदा म दुःखी छु ।’ तर, आँखामा कालो चश्मा, ओठमा लिपिष्टिक र क्याजुअल डे्रेसमा विभिन्न स्टेजमा प्रस्तुत हुँदै आएकी खुश्बुले टेलिभिजनको बुम समाउँदै धारा प्रवाह बोलिरहेकी छिन्
आजको अनलाईन खवरमा खवर छ ।
0 comments
Write Down Your Responses