बेल्जियम विष्वकपको दोस्रो चरणमा पुग्यो ।
रियो दी जेनेरियो–
स्टार
खेलाडीले भरिपूर्ण बेल्जियमले आइतबार रुसमाथि १–०
को संघर्षमय जित हासिल गर्दै विश्वकपको दोस्रो चरणमा पुगेको छ ।
बैकल्पिक खेलाडी डिभोक ओरिगीले अन्तिम
समयमा गोल गरेपछि बेल्जियमको जित पक्का भएको थियो। अघिल्लो खेलमा अल्जेरियामाथी २–१
को विजय हासिल गरेको बेल्जियम यो जितपछि ६ अंक जोड्दै समूह ‘एच’बाट
अन्तिम १६ प्रवेश गरेको हो। अन्तिम खेलमा बेल्जियमले एसियाली प्रतिद्वन्द्वी
दक्षिण कोरियासँग खेल्नेछ। रोमेलु लुकाकुलाई स्थानान्तरण गर्दै ५७ औं मिनेटमा
मैदान प्रवेश गरेका ओरिगीले समय सकिन दुई मिनेट बाँकी रहँदा इडेन हाजार्डको
उत्कृष्ट पासमा पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए। जारी विश्वकपमा बैकल्पिक
खेलाडीका रुपमा मैदान प्रवेश गर्नेले गरेको यो १५ औं गोल हो। रुसको संगठित
प्रदर्शनसामू पूरै समय प्रभाव जमाउन नसके पनि चेल्सीका स्टार हाजार्डबाट प्रेरित
बेल्जियमले सिर्जना गरेका केही थप अवसरमा चुक्दा टोली फराकिलो जितबाट बञ्चित भयो।
अर्का बैकल्पिक खेलाडी केभिन मिरालासले समय सकिन ६ मिनेट बाँकी रहँदा पेनाल्टी
बक्सको छेवैबाट प्रहार गरेको फ्रि–किक
पोष्टमा लागेर फर्किदा टोली चाढै अग्रता लिनबाट चुकेको थियो। आइतबार अभागी सावित
मिरालासले अन्तिम मिनेटमा प्रहार गरेको अर्को बल पनि विपक्षी गोलकिपरलाई छिचोल्न
सफल भएन।
हाजार्डले दुई विपक्षी रक्षक कटाएर दिएको
उत्कृष्ट पासमा मिरालासकले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार रुसी गोलकिपर इगोर
एकिन्फेबले जोगाएका थिए। त्यस्तै हाजार्डले ८६ औं मिनेटमा दर्शनीय पारामा विपक्षी
रक्षकहरुलाई छक्याउँदै उत्कृष्ट टर्न गरेर प्रहार गरेको बलले पोष्टको दिशा लिएन।
नागरिक दैनिकवाट साभार


0 comments
Write Down Your Responses