मोस्ट वान्टेडमा रहेका वाहुन डन भारतवाट पक्राउ

काठमाडौं,असार११
मोस्ट वान्टेड बाहुन डनभारतीय विधायकको घरबाट पक्राउ परेको खवर सार्वजनिक भएको छ ।  लगातार ६ महिना पिछा गरेपछि नेपाल प्रहरीले भारत उत्तरप्रदेशका समाजवादी पार्टीका विधायकको लखनउस्थित घरबाट बाहुनलाई पक्राउ गरेको हो । रमेश बाहुन भनिने सुजन पौडेललाई उत्तरप्रदेशको सत्तारुढ समाजवादी पार्टीका विधायक विनायक सिंहको घरबाटै पक्राउ गरिएको उच्च प्रहरी स्रोत बताउँछ ।बाहुनसँगै उनका सहयोगी दुर्गे भनिने दुर्गा राईसमेत पक्राउ परेका छन् । ४ माघमा ललितपुरका मीनकृष्ण महर्जनमाथि गोली हान्ने घटनामा बाहुनलाई राईले सहयोग गरेका थिए । त्यस यता दुबै जना लुक्दै आएका थिए । बाहुन विरुद्द अदालतमा आधा दर्जन मुद्दा छन् । लागुऔषध, ज्यान मार्ने उद्योग जर्वजस्ती असुलीजस्ता मुद्दा रहेको प्रहरी अधिकारी बताउँछन् । 
जसमध्ये लागुऔधष मुद्दा सबैभन्दा बलियो छ । उनका दुई सहयोगी दुई वर्षअघि ब्राउनसुगरसहित पक्राउ परेका थिए,सो मुद्दामा उनीहरुविरुद्ध पनि वारेन्ट जारी भएको थियो । तीन वर्षअघिदेखि नै बाहुन प्रहरीको खोजी सूचीमा थिए । पटकपटक प्रयासगर्दा पनि उनी पक्राउ परेका थिएनन् । ललितपुर घटनापछि प्रहरीले उनको खोजी कार्यमा व्यापकता दिएकाले उनी भारत भागेका थिए । उक्त खवर आजको नयाँ पत्रिका दैनिकमा छ ।

0 comments

Write Down Your Responses