इजरायलमा १० बर्ष कार्यरत विदेशी कामदारलाई इजरायली सरह सुविधा हुनुपर्ने ;;---न्यायधिस एड्ना अरवेल


इजरायलमा १० बर्ष भन्दावढी  कियर गिभरको रूपमा कार्यरत  विदेशी कामदारहरूलाई इजरायली  नागरिक सरह सेवा-सुविधा मिल्नुपर्ने  इजरायली  सर्वोच्च अदालतमा  कार्यरत न्यायधिस एड्ना अरवेलले वताएकी छिन् । जसको वारेमा इजरायलवाट संचालित अनलाईन मिडिया  Heeretz.com  मा उल्लेख गरिएको समाचार  काभलाओभेदले आफ्नो फेसवुक पेजमा Share गरेको छ ।
आफ्नो  रिटायर्ड  हुनुपुर्व गत आईतवार  न्यायधिस  एड्नाले  इजरायलमा दश वर्ष भन्दा वढी कार्यरत विदेशी कियरगिभरहरूलाई इजरायली नागरिक सरह स्वास्थ्य विमा देखि हरेक सुविधा वरावर हुनुपर्ने सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।

70 वर्षको उमेरमा रिटायर्ड हुन लागेकी  अरवेलले विदेशी कामदारहरूको हक हितको लागी लडिरहेका संस्था काभलाओभेद , हट लाईन जस्ता सामाजिक संस्थाहरूले विदेशी कामदारहरूको लागी स्वास्थ्य विमा,  मानवअधिकार सम्वन्धी  कानुनी नियमहरू, तलव सुविधा लगायतका विषयहरूमा  धेरै उजुरी पर्ने गरेको कारण कामदारहरूले निकै समस्या वेहोर्नुपरेको कुराहरू वारम्वार आईरहेको कारण   कामदारहरूको  लागी  व्यवस्थित नियम ल्याउन सरकारलाई घच्घच्याईरहेको वताईन् ।
अरवेलले विदेशी कामदारहरूले देशमा निकै गौरवान्भित कार्य गरिरहेको कारण  उनीहरूको लागी पनि कानुनी व्यवस्था वलियो हुनु पर्ने  साथै विदेशी कामदारहरूको कानुन अनुसार  ओभर टाईमको समेत रकम उपलव्ध हुनुपर्ने वताईन् ।
विदेशी कामदारहरूको हक-अधिकार, समक्षणको पक्षमा प्रभावकारी निती नियम लागु गरिएको खण्डमा मात्र विदेशी कामदारहरूको काम सकारात्मक रहने वताईन् ।
 श्रोत :---Heeretz.com 



0 comments

Write Down Your Responses