अभिनेत्री सुष्मा कार्कीलाई प्रेमीले स्टेजमै कुटेपछी ....
असार ५ .
अभिनेत्री सुष्मा कार्की प्रायजसो चर्चामा आरहन्छिन् । यतिबेला गायक नरेन शाहीसँगको गहिरो प्रेममा परेको खवर सार्वजनिक भएको छ तर, प्रेमले कहिलेकाहिँ उनलाई रुवाएको देखिन्छ । ।
यो जोडी कहिले मिल्छ अनि कहिले झगडा गर्छ । तर, यसैसाता धरानमा यो जोडीको झगडाले भने सबैलाई
छक्क बनायो । पुन्टे परेड प्रमोसनका लागि गरिएको कन्सर्टमा सुष्मालाई ब्याक स्टेजमा नरेनले सवैको सामु कुटपिट गरे । यो कुटपिट साम्य पार्न प्रहरी नै अघि
सर्नुपरेको थियो । प्रहरीले नै सुष्मा र नरेनबीचको परालको आगोजस्तो झगडालाई
मिलाइदिएको थियो ।
नरेनले कुटेपछि सुष्माले रुँदै स्टेजमा डान्स गरेकी थिइन् । डान्स गर्दा पनि
सुष्माको आँखामा आँसु थियो । रुँदै नाचेपछि उनी त्यहाँबाट निस्किइन् । प्रहरीले
स्थानिय पत्रकारलाई दिएको जानकारीअनुसार कुटपिटको कारण उनीहरुबीचको असमझदारी रहेको
बताइन्छ । सार्वजनिक मंचमै सुष्मा कुटिएपछि अहिले धरानमा यसको चर्चा चुलिएको छ ।
केहीवर्षयता नरेन र सुष्मा अफेयरमा छन् । यो जोडी सँगै उक्त कन्सर्टमा निस्किएको
थियो । थप बुझ्ने प्रयत्न गर्दा सुष्माको मोबाइल स्वीच अफ थियो । स्रोत :- मेरो सिनेमा


0 comments
Write Down Your Responses