अर्काकी श्रीमतीसंग अवैध यौन सम्बन्ध राख्ने शिक्षकलाई गाँउलेहरूले के गरे ?
देवचन्द्र भट्ट नुवाकोट तारूका
गाउंमा अर्काकी पत्नीसंग अवैध यौन सम्बन्ध राखेर विवाह गरेका एक शिक्षकलाई नुवाकोटको दक्षिणी भेगमा रहेको श्रीकृष्ण उच्च माविका विद्यार्थी तथा अभिभावकहरुले निष्काशन गरिनु पर्ने माग गरेका छन् । तीन वटी श्रमिती हुंदा हुंदै पनि गाउंमा अर्काकी श्रीमतीसंग अवैध यौन सम्वन्ध राखेपछि सदरमुकाम विदुरदेखि २६ किलोमटिर दक्षिणमा रहको तारुका गाविस वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च माविको अंग्रेजी विषयका शिक्षक खुमलाल तिमिल्सिनालाई स्थानीयवासीले वुधवार वेलुकी कुटपिट गरि ति महिलासहित प्रहरीलाई वुझाइदिएका थिए ।
धादिङको सल्यानकोट घर भई गत २०६२ सालदेखि श्रीकृष्ण उच्च माविमा अस्थायी रुपमा पढाउंदै आएका तिमिल्सिना सोहि वेलादेखि नै अवैध यौन सम्वन्धको कारण विवादित र आलोचित हुदै आएका थिए । तिमिल्सिनालाई तारुका गाविस वडा नं. ७ गैरावारीकी २२ वर्षिया पार्वती श्रेष्ठसंग अवैध यौन सम्वन्ध रहेको कारण स्थानीय युवाले कुटेको विद्यालय वयवस्थापन समितिका अध्यक्ष वुद्धिमान श्रेष्ठले जानकारी दिए ।
गाउंले तथा विद्यार्थीहरुले उनलाई निष्काशन गरिनु पर्ने माग गरेको उनले वताए । तिमिल्सिना र श्रेष्ठले विहिवार विवाह गरेको अध्यक्ष श्रेष्ठले वताए । सुध्रिने शर्तमा तिमिल्सिनालाई आफुले विद्यालयमा आएर पठनपाठन गर्न आग्रह गरेको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय विदुरमा दुवै जना विवाह गर्ने शर्तमा मिलेर गएको प्रशरी निरीक्षक कुशनकुमार वस्नेतले जानकारी दिए । कुटपिटवाट शिक्षक तिमिल्सिनाको शरिरका विभिन्न भागमा चोटपटक लागेको ट । तर, उनले कसैलाई पनि कारवाहीको लागी उजुरी दिइनन्–प्रहरी निरीक्षक वस्नेतले भने ।
स्थानीय युवाको कुटाइबाट घाइते तिमिल्सिनाको शरीरको माथिल्लो भागको कपडा च्यातेर नांगै बनाइएको छ भने ढाडमा नीलडाम छन् । ‘स्थानीय युवाहरुले एक छोरोकी आमा रहेकी महिलासग अवैध सम्बन्ध राखेको आरोपमा कुटेपछि स्थानीय तारुका प्रहरी चौकीलाई ती महिलासहित बुझाएपछि सदरमुकाम ल्याइएको थियो ।
धादिङ घर भई हाल तारुकामा डेरा लिएर पढाउंदै आएका शिक्षक तिमिल्सिना चारदिन काठमाडौं बसेर मंगलबार मात्र गाउ फकिर्एका थिए । उनीसंग अवैध सम्बन्ध गरेकी महिला पनि काठमाडौंमा चार दिन बसेर फर्किएको तारुकाका युवा शम्भु जम्कट्टेलले जानकारी दिए । घटनापछि विहिवार उनी विद्यालयमा अनुपस्थित भएको विद्यालयले जनाएको छ ।
श्रोतका अनुसार उनी राजीनामा दिएर अन्यत्र जाने तयारीमा रहेको वुझिएको छ । दुबै जना चारदिन राजधानीमासगै बसेर आएको र उनीहरले स्वीकार गरेको कारण लगाउदै स्थानीय युवाले उनलार्ई कुटपिट गरि युवतीसहित प्रहरीलाई जिम्मा लगाएका हुन् ।
एक सन्तानीका आमा ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा भारतमा छन् । सोही विदालयको व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा स्थानीयवासी नारायणप्रसाद खतिवडा तिमिल्सिनाको योसंगै तिमिल्सिनाको चारवटी श्रीमती भएको वताउंछन्, उ पहिलेदेखि नै विवादित र आलोचित थियो । तर, पठनपाठन हेरेर विद्यालयमा राखिएको थियो । अव त गाउंले तथा विद्यार्थी एकजुट भइसके–खतिवडाले वताए ।
दुई वर्ष अघि पनि तिमिल्सिना आफ्नै छात्रालाई यौन दुराचार गरेको आरोपमा विवादमा परेका थिए । यो घटना भने प्रहरीमा मिलापत्र गरी मिलाइएको थियो । करीब आठ ७ वर्षता प्लस टु र माद्यामिकस्तरमा अंग्रेजी पढाउंदैै आएका तिमिल्सिना र ती महिलाबीच गत वर्ष देखि नै अनैतिक सम्बन्ध रहदै आएको स्थानीयको दाबी छ ।
अनैतिक काम गरेर समाजकै बद्नाम गर्न उद्यत उनलाई तत्काल निष्काशन गरेर सेवाबाट हटाइनुपर्ने स्थानीयको माग छ । गत वर्र्ष भएको शिक्षक सेवा आयोग परिक्षामा नाम ननिस्केपछि उनको विद्यालयबाट छिट्टैै जागिर खोसिने छ । अव जिल्लामा स्थायी शिक्षकको नियुक्ति प्रक्रिया अघि बढेलगत्तै उनले विद्यालयको जागिर गुमाउनेछन् ।
स्थानीयका अनुसार महिलाका पति मदन श्रेष्ठ रोजगारको सिलसिलामा भारतमा रहेको बेलामा उनीहरुबीच अनैतिक सम्बन्ध रहने गरेको थाहा पाएर श्रीमान घर फर्केपछि महिलाको बयानको आधारमा तिमिल्सिनालाई झिकाइएको र कुटपीटपछि दुबै जनालाई प्रहरीको जिम्मा लगाइएको थियो । डेरामा बसिरहेको बेला तिमिल्सिनालाई काम छ भन्दै स्थानीय युवाहरुले महिलाको घरमा लगेको र त्यसपछि अनैतिक सम्बन्ध राखेको भन्दै पुरै गाउलेले कुटपीट गरेका थिए ।
कुटपिटबाट तिमिल्सिनाको शरीरका विभिन्न भागमा चोटपटक लाग्नुको साथै पिठ्यूमा निलडाम बसको छ । महिलाले केहि वर्र्ष पहिलेमात्रै गाउमै भागी विवाह गरेकी थिइन् । धादिङका तिमिल्सिनाले यसअघि धादिङ र नुवाकोटका विभिन्न विद्यालयमा पढाइसकेका छन् ।
तिमिल्सिना झण्डै आठ वर्र्षअघिमात्रै अंग्रेजी विषय पढाउन अस्थायी रुपमा श्रीकृष्ण उच्च माविका प्रवेश गरेका थिए । त्यसयता उनले प्लस टु र मद्यामिकस्तरमा सोहि विषय अध्यापन गर्दै आएका छन् । उनी विद्यालयमा प्रवेश गरेलगत्तै विभिन्न विवादमा फसिरहे । कहिले स्थानीयसग राजनीतिक आवरणमा झैझगडा गर्ने त विद्यालयका छात्रालाई यौन दुव्र्यवहार गर्ने गरेको आरोप उनलाई लाग्यो ।
आफ्नै छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोहि विद्यालयका विद्यार्थीले २०६९ कात्तिक १४ गते उनलाई कक्षा समयमै कालोमोसो र जुत्ताको माला लगाइदिएका थिए । त्यतिबेला बिना कारण कालोमोसो र जुत्ताको माला लगाएर आफ्नो मानहानी गरेको दाबी गर्दै स्थानीय राजनीतिक दलको आडमा उनले विद्यार्थीहरु विरुद्ध अदालतमा मुद्धासमेत दायर गरेका थिए ।
उनलाई नजिकबाट चिन्ने एक शिक्षकले विगतदेखि नै उनले राख्दै आएको अनैतिक सम्बन्धको पुष्टि भएको भन्दै शिक्षा क्षेत्रमा काम गर्ने अन्यलाई पनि लाजमर्दो भएको र यस्ता शिक्षकलाई विद्यालयबाट हटाउन पर्नेमा जोड दिदै त्यसो हुन सके समाजलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार तिमिल्सिना तारुका बाहेक पनि नुवाकोट र धादिङका विभिन्न विद्यालयमा बढाउदा अनैतिक काम गरेको आरोपका कारबाही पर्दै आएका थिए ।


0 comments
Write Down Your Responses