पतीसंग हासेर वोलेको आरोपमा खुकुरी प्रहार, घाईतेको अवस्था गम्भिर

 डियर संसार,


आफ्नो पतिसँग हिमचिम गरेको आरोप लगाएर धरानकी सुमित्रा लिम्बूले स्थानीय गंगा कार्कीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकी छिन् । घाईतेको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ

 बिहीबार सुमित्राले वडा प्रहरी कार्यालय धरानबाट ७ मिटर दूरीमा रहेको गंगाको कोठामा पसेर खुकुरी गंगाको टाउको, अनुहार, हातखुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको छ। पति दिवस घरमा नभएको मौका छोपी सुमित्राले अन्धाधुन्ध गंगालाई खुकुरी प्रहार गरेको पल्लो कोठामा बसेका छिमेकीले देखेपछि गंगाको उद्धार गरी अस्पताल भर्ना गरेका थिए। स्थानीय बासिन्दाले खुकुरी प्रहार गर्ने सुमित्रालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।
आफ्नो पति सुधीर लिम्बूसँग गंगाले निकट सम्बन्ध गाँसेकाले आफूले खुकुरी प्रहार गरेको बयान सुमित्राले प्रहरीसमक्ष दिएकी छन्। स्थानीय विष्णु राईले सुमित्राले आफ्नो पतिसँग हाँस्दै बोलेको भन्दै खुकुरी प्रहार गरी गंगालाई घाइते बनाएको बताए। सुधीर गलत काम गर्ने व्यक्ति नभए पनि सुमित्राले श्रीमान्को नाम लिएर गंगामाथि आक्रमण गर्नु गलत भएको उनको भनाइ छ। इलाम पशुपतिनगरकी गंगा पति धरानमा यातायात मजदुरी गर्न थालेदेखि कोठा भाडामा लिएर बस्दै आएकी छन्।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्दप्रसाद रिजालले सुमित्राले गंगामाथि खुकुरी प्रहार गरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताए। स्थानीयले पनि सुमित्रालाई कडा कारबाही गर्न माग गरेका छन्।

0 comments

Write Down Your Responses