जियासंग फिल्म खेल्ने भुवन केसीको चाहना, केसी भन्छन् :--- जिया संगको सम्बन्ध पबित्र ?

कलिउडमा चर्चित अभिनेता भुवन केसीलाई ‘गर्ल फ्रेण्ड’ धेरै भएका अभिनेता भनेर चिनिने गरिन्छ । १ वर्ष अगाडी भुवन संग नायिका जिया केसी निकै नजिक थिइन् । बीचमा विभिन्न गसिप आउन थालेपछि केहि हद सम्म टाढा रहेका यी जोडी पछिल्लो समयमा झनै नजिक भएको हल्ला फिल्मी बजारमा सुन्न थालिएको छ । केहि दिन अघि मात्रै भुवनले बनाउन लागेको फिल्म ‘ड्रिम’को अडिसनका दिन जियालाई घर बस्ने किसिमको सामान्य कपडामा भुवनकै घरमा अन्य फिल्मीकर्मीले भेटे पछी पुन यी दुइको सम्बन्धका बारे निकता रहेको बुझिएको छ । तथापि भुवन यो कुरालाई स्विकार्दैनन् । फिल्मीबजार डटकम संग कुरा भुवनले भने ‘एउटा कलाकारको घरमा कोहि पनि कलाकार भेटघाटका लागि आउन सक्छन्,त्यो दिन त झनै फिल्मको अडिसन थियो त्यसैले उहा त भेट्न आउनु भएको थियो तर समाचार त के के आएछ तर पनि मलाई कुनै प्रबाह छैन जसले जसरी बुझ्छ उसरी नै लेख्छ मलाई कुनै आपति छैन र म कुनै प्रतिकृय पनि जनाउदिन । तर उहा मेरो नजिकको राम्रो मिल्ने साथी हो यसो भन्दैमा प्रेमी प्रेमिका नै हो भन्ने मेरो आसय होइन,हामी बीचको सम्बन्ध पबित्र छ ,बिस्वाश गर्नुस ।’ भुवन कुराकानीकै क्रममा निकै खुल्दै गए उनले थपे मा अरु कलाकार जस्तो बोल्न पनि पैसा तिर्नु पर्ला जस्तो गर्ने,वास्तविकता लुकाउने गर्दिन सबै जना मेरा दाजु भइ नै हो मिडिया सँग म पनि निकट हुन चाहन्छु त्यसैले खुलेरै कुरा गर्दैछु भन्दै भने ‘बरु मैले बनाउने फिल्ममा म हिरो खेले भने चाही जियालाई हिरोइन खेलाउछु,जिया संग फिल्म खेल्न मलाई पनि रहर छ ।’ छोरो अनमोल केसीले एवार्ड जित्दा बुवाकै हात बाट एवार्ड ग्रहण गर्दा पनि बुवालाई त सम्झेनन के हो यस्तो भन्ने जिज्ञासामा भुवन भन्छन ‘घर परिवारमा अनमोल मेरो छोरो हो तर कलाकारिता र फिल्मी उद्योगमा अनमोल जी एक स्टार हुनुहुन्छ र बुवा भन्दा अगाडी भगवान हुनु र भगवानलाई सम्झनु त सुखद पक्ष हो नि,मलाई त यस पहिले पनि धेरै ठाउँमा सम्झेको छ म प्रती डेडिकेट गर्योी सधैं बुवा-बुवा नै बह्न्नु पर्छ भन्ने त छैन नि, यदि अनमोलले मलाई माया नगर्ने भएको भए त ममी संग डिभोर्स हुदा उ ममी संगै बस्ने थियो किन म संग बस्ने थियो र ? त्यसैले कलाकारितामा अफिसियल भएको धेरै राम्रो हो । अनमोलले मलाई माया र सम्मान गर्छ मलाई राम्ररी थाह छ तर त्यो बिषयमा पनि बुवालाई धन्यवाद नदिकन भगवानलाई धन्यबाद किन दियो भनेर गसिप बन्यो तर जसले जुन तरिकाले बुझ्छन् उहाहरुको बुझाइ हो । ’ अभिनेता भुवन केसी जेठा छोराको बिहेका लागि केहि समयका लागि अमेरिका जादैछन् भने उता बाट फर्केपछी साउन २० बाट फिल्म ‘ड्रिम’को छायांकन सुरु गर्ने तयारीमा रहेको जनाईएको छ ।

0 comments

Write Down Your Responses